Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

कोड फर चेन्जको राष्ट्रिय नेतृत्वमा गुल्मीका पोखरेल नियुक्त।

कोड फर चेन्जको राष्ट्रिय नेतृत्वमा गुल्मीका पोखरेल नियुक्त।
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

विगत ५ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्ज ले आर्थिक वर्ष २०२३/२४ देखि आर्थिक वर्ष २०२४/२५ सम्मका लागि राष्ट्रिय नेतृत्वको रूपमा कोड फर चेन्ज काठमाण्डौका पूर्व परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेललाई सर्वसम्मत नियुक्त गरेको छ।

कोड फर चेन्जले गत सोमबार आफ्ना मुख्य नेतृत्वमा रहेका र संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका पदाधिकारीहरू तथा शुभचिन्तकका बिच एक कार्यक्रम गर्दै नेतृत्व परिवर्तनको प्रस्ताव पारित गराएको हो।

विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा कोड फर चेन्जका संस्थापक तथा निवर्तमान प्रमुख निराजन क्षेत्रीले आफ्ना भनाइहरू राख्दै आफूले जुन उद्देश्यले संस्थाको सुरु गरेको आज संस्था सोही बाटोमा रहेको र विभिन्न चरणहरूमा उत्कृष्ट नेतृत्व जन्माउँदै जाने आफ्नो उद्देश्यले सार्थकता पाएको कुरा उद्धृत गर्दै नयाँ नेतृत्वमा चयन भएका पोखरेललाई बधाई तथा शुभकामना दिनुभएको छ।

क्षेत्रीले कार्यक्रममा आफूले संस्थाको सुरुवाती दिनदेखि भोगेका सुख दुखका कुराहरू सुनाउँदै आफू कुनै पनि कुराले विचलित नभई खडा भएर काम गरेकोले विधार्थीहरुको साथ पाएको र आज संस्था यो स्थानमा आइपुगेकोले अबका दिनमा संस्थाको यो उचाइ लाई अलिकति पनि खच्किन नदिई पोखरेलले नेतृत्व गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त रहेकाले संस्थालाई गतिशील बनाउनका लागि नेतृत्व हस्तान्तरण गर्नुपरेको बताउनुभएको छ।

नव नियुक्त प्रमुख पोखरेल तथा उपस्थित व्यक्तित्व हरुले निवर्तमान प्रमुख क्षेत्रीले विगत ५ वर्षमा खेलेको भूमिका उल्लेखनीय र उपलब्धिमूलक रहेको भन्दै धन्यवाद तथा आभार प्रकट गरेका छन् , साथै नव नियुक्त प्रमुख पोखरेलले आफू कोड फर चेन्जको विगतको नेतृत्व देखि प्रभावित भएको र आफू संस्थालाई अझै उत्कृष्ट ढङ्गले अगाडी बढाउन दृढ रहेको पनि प्रतिबद्धता जाहेर गरेका छन्।

कोड फर चेन्जले आयोजना गरेका विभिन्न वर्कसप तथा कार्यक्रमहरू बाट सक्रियता सुरु गरेका पोखरेल संस्थाका सामान्य सदस्य, टेक लिड, एडमिन लिड र काठमाण्डौको परियोजना प्रमुख हुँदै यो स्थान हासिल गर्न सफल भएका हुन्। पोखरेलको नियुक्तिले संस्थाले गतिशीलता पाएको र पोखरेलको निरन्तरको कडा मिहेनतले प्रतिफल पाएको भन्दै संस्थाका विभिन्न तहका पदाधिकारीहरू तथा सदस्यहरू हर्षित भएका छन्।

विगतका ५ वर्षमा कोरोना महामारी, आर्थिक कोषको अभाव लगायतका अनुकूल वातावरणका बाबजुद कोड फर चेन्ज संस्थाले ८ भन्दा बढी राष्ट्रिय कार्यक्रमहरू र ६० भन्दा बढी साना ठुला व्यक्तिगत तथा व्यावसायिक कौशलता विकासका कार्यक्रमहरू आयोजना गरिसकेको छ भने हजारौँ प्रविधि तथा प्रविधि बाहिरका विद्यार्थीहरूमा निकै प्रभाव पारिसकेको छ।

विभिन्न किसिमका अनुकूल वातावरणका बिच उपलब्ध संस्थाको सफलताको चौतर्फी प्रशंसा भएता पनि संस्थालाई यो सफलता कायम राख्न र थप उचाइ हासिल गर्न भने ठुलो चुनौती रहेको छ, संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विस्तार र विद्यार्थीहरूमा अद्यावधिक कौशलताको विकास संस्थाको मुख्य चुनौती रहेको संस्था भित्र र बाहिरका मानिसहरू बताउँछन्।

संस्थाका सल्लाहकार सन्तोष लम्साल, निवर्तमान प्रमुख निराजन क्षेत्री, कोर टिमका मुख्य सदस्य सुमन गैह्रे, कोड फर चेन्ज काठमाण्डौका सल्लाहकार द्वय विशाल भण्डारी र तेजेन्द्र विक्रम कार्की र काठ्माण्डौ का परियोजना प्रमुख वर्षा पौडेल तथा उपप्रमुख सन्दीप पङ्गेनी उपस्थित रहेको नियुक्तिको कार्यक्रममा सबैले हासिल भएका उपलब्धिहरूको सम्मान गर्दै थप ऊर्जासहित संस्थालाई नयाँ उचाइमा पुर्‍याउन पोख्रेललाई आग्रह गर्दै शुभकामना प्रदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?