Trending:

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
अपडेट

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन

१० जेष्ठ २०८०, बुधबार ०६:२५

१० जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलबारदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो ।

ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भ गर्दै मन्त्री किरातीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्करुपमा सञ्चालन गरिने बताए।

मन्त्री किरातीले लामो समयदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने भनिए पनि भाडा समायोजनको अझै नसकिएको बताए । उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानुन धेरै पछि रहेको उल्लेख गरे ।

बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानुन नभएका कारण अप्ठ्यारो परेको उनको भनाइ थियो । मन्त्री किरातीले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने उल्लेख गरे । पर्यटनमन्त्री किरातीले सम्पदा बस यात्रामा पुल्चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयसम्म यात्रा समेत गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त सहर बनाउने प्रयासअन्तर्गत ललितपुर महानगरले आगामी दिनमा कुनै पनि गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए । उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए । नगरप्रमुख महर्जनले ललितपुर महानगरको भित्री सहरमा विद्युतीय सटल बस चलाउनका लागि साझा यातायातलाई महानगरले नौ करोड उपलब्ध गराएको बताए ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक दुई वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?