Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

प्रविधिको प्रयोगलाई पहुँचयोग्य बनाउने सरकारको योजना

१६ जेष्ठ २०८०, मंगलवार ०८:१०
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१६ जेठ, काठमाडौं । सरकारले ‘आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चार’ मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्को दुवै सदनको दुवै बैठकमा आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने बताए । मन्त्री महतले उच्च क्षमताको अप्टिकल फाइबरमार्फत इन्टरनेट ब्राडब्याण्ड सेवालाई स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय, क्याम्पस र स्वास्थ्य संस्थामा पु¥याउने योजना प्रस्तुत गरे ।

‘द्रुतगतिको इन्टरनेट सेवा पु¥याउन फोरजी सेवा विस्तार गरिने छ, डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गरी कार्यान्वयनमा लगिने छ, डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग गरी पहुँच विस्तार गरिनेछ’, उनले भने । त्यसैगरी सरकारले ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञान पार्क स्थापना गर्नुका साथै विद्युतीय तथ्याङ्कको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्ने भएको छ ।

कोहलपुरमा डाटा सेन्टर र ललितपुरका इन्टरनेट एक्सचेञ्ज सेन्टरको निर्माणलाई तीव्रता दिन बजेटको व्यवस्था गरेको मन्त्री महतले बताउनुभयो । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज निर्माणको सम्भाव्यता अध्ययन गर्नुका साथै राष्ट्रिय साइबर सुरक्षा सञ्चालनमा ल्याई साइबर सुरक्षाजन्य जोखिमलाई न्यूनीकरण गर्ने सरकारको योजना छ ।

‘सामाजिक सञ्जाल तथा डिजिटल सेवालाई व्यवस्थित र मर्यादित बनाइने छ, सामाजिक सञ्जालमा आधारित सञ्चारमाध्यमलाई औपचारिक दायरामा आउन प्रात्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिने छ’, मन्त्री महतले भने। हुलाक सेवालाई व्यवस्थित गरी एक स्थानीय तह एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने र अतिरिक्त हुलाकलाई खारेज गरी कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने सरकारको योजना छ ।

हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तर गरी हुलाक बचत बैंक खारेज गर्नुका साथै दूरसञ्चार पूर्वाधार निर्माण र प्रयोगलाई व्यवस्थित र मितव्ययी बनाउन दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाउने मन्त्री महतको भनाइ छ ।

दूरसञ्चारसम्बन्धी पूर्वाधार निर्माण गर्दा भूमिगत संरचनामार्फत उच्च क्षमताको डक्टको प्रयोग गर्नुका साथै सरकारले नेपाललाई चलचित्र आकर्षक गन्तव्यको रुपमा विकास गर्दै सार्वजनिक निजी साझदारीमा दोलखा र बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?