काठमाडौँ– प्रविधिको जमानामा आफ्नो कामलाई छिटो–छरितो र गुणस्तरीय बनाउन ल्यापटक तथा कम्प्युटर मानिसका लागि अनिवार्यजस्तै भइसकेका छन् ।
ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनु शिवाय केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खाेजेको काम गर्न सक्नुहुन्न । किनेको केही महिनामै ल्यापटपले निकै तनाब दिन थाल्छ ।
ल्यापटप सधैँ आधिकारिक डिलरबाट ब्रान्डेड मात्र किन्नुपर्छ । खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्न सक्छ । फिचर्स अनिवार्य हेर्नुपर्छ । स्पिड राम्रो भएको उच्चस्तरीय ल्यापटपमा मल्टिकोर प्रोसेसर आवश्यक हुन्छ । जसमध्ये इन्टेल र एएमडी प्रोसेसर भएको ल्यापटप राम्रो हुन्छ । अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम हो । तसर्थ, जहिले पनि प्रिलोइड अपरेटिङ सिस्टम भएको मात्र किन्नुपर्छ ।
उच्च सञ्चय क्षमता (स्टोरेज क्यापासिटी) भएको ल्यापटप राम्रो हुन्छ । जसमा पनि फ्लाइस ड्राइभयुक्त उपयुक्त हो । यस्तोमा डाटा नष्ट हुने सम्भावना हुँदैन ।
१.ल्यापटपको साइज र वजन निधो गर्नुहोस्
ल्यापटपहरु साधारणतया स्क्रिनको साइज अनुसार वर्गीकरण गरिएका हुन्छन् । जसमा ११ इन्चदेखि १५ तथा १७ इन्चको स्क्रिन सम्मका ल्यापटप बजारमा आमरुपमा पाइन्छन् । स्क्रिनको साइज ठूलो हुँदै गर्दा मूल्य पनि बढ्छ भन्ने ठान्नुहोला । तर त्यसो होइन । बजारमा स्लिम, हलुका तथा उच्च मूल्यका अधिकांश ल्यापटहरु १३ इन्च स्क्रिन मोडेलका हुने गरेका छन् । त्यस्तै अधिकांश सुपथ मूल्यका ल्यापटपहरु १५ इन्च स्क्रिन भएका हुने गरेका छन् ।
हुन त ल्यापटपको स्क्रिन कत्तिको कामकाजी छ भन्ने कुरा यसको स्क्रिनको आकारले मात्र निर्धारण गर्दैछ, यसको स्क्रिन रिजोलुशन महत्वपूर्ण हुन्छ । न्यून मूल्यका ल्यापटपको स्क्रिन रिजोलुसन पनि कम अर्थात् १३६६ x ७६८ पिक्सेल सम्म हुन्छ । यस्तो रिजोलुसन १३ इन्च सम्मका ल्यापटपमा ठिकै हुने भएपनि १५ इन्चका ल्यापटपका लागि खासै उपयुक्त हुँदैन ।
२.ल्यापटपको स्क्रिन
ल्यापटप किन्दा यसको स्क्रिन साइजको बारेमा ध्यान पुर्याउनु जरुरी हन्छ । तपाईं प्रयोग गर्ने ल्यापटपको प्रयोजनले यसको स्क्रिन सानो वा ठूलो चाहिने निर्धारण गर्छ । स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन ।
३.प्रोसेसर
ल्यापटप किन्दा प्रोसेसरमा मुख्य ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन हो । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप रोज्नुहोस् । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटप आवश्यक पर्छ । लेटेस्ट टेक्नोलोजीअनुसारको प्रोसेसर हुनुपर्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको फङ्सन नै स्लो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन । प्रोसेसरभित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरो हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङदेखि सबै फङ्सनमा समस्या निम्तिन्छ ।
४. बजेट
ल्यापटप वा कम्प्युटर किन्दा मुख्यकुरा मुल्य नै हो । ल्यापटप छनोट गर्दा कति मुल्य सम्मको किन्ने यसले ल्यापटपको विशेषता निर्धारण गर्छ । ल्यापटप किन्नुअघि तपाईं आफ्नो बजेट तयार गर्नुहोस् । यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ४५ देखि ८० हजार रुपैयाँमा राम्रै ल्यापटप पाउन सकिन्छ । कोभिड-१९ ले गर्दा हाल ल्यापटपको मुल्य केही बढेको छ । कम्प्युटर, ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने हुनाले पछिसम्मलाई हुने अपडेटेड ल्यापटप किन्नपर्छ ।
५. ब्याट्री ब्याकअप
केही समय अगाडिका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । आजभोलिको नयाँ मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै लामो समय ब्याकअप दिने हन्छ ।
६. आफैले चलाएर हेर्नुहोस्
ल्यापटप, मोबाइल जस्ता चिजहरु अनलाइनमा खरीद गर्दा कहिलेकाहीँ ठगिने गरेका घटना पनि सुनिन्छन् । त्यसैले ल्यापटप किन्दा पसलमा गएर आफैले हेरेर र चलाएर किन्नु राम्रो हुन्छ । यसो गर्दा तपाईलाई ल्यापटप छनोटमा धेरै विकल्प प्राप्त हुनेमात्र होइन आफुले चाहेको र मूल्य तिरेको ल्यापटप नै खरीद गर्न सक्नुहुन्छ । किन्नु अगाडि ल्यापटप खोलेर चलाउँदा तपाईले त्यसको क्षमता तथा फिचरहरुको वास्तविक अनुभव गर्न सक्नुहुन्छ र सबैभन्दा मनपर्ने किन्न सक्नुहुन्छ । साथै ल्यापटपको मेटेरिएल, हिन्जेजको गुणस्तरका साथै ल्यापटपको तौल पनि आफैले परीक्षण गर्न सक्नुहुन्छ ।