Trending:

डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी
अपडेट

सेकेण्ड हृयाण्ड मोवाइल किन्दा यी कुरामा ध्यान दिनुहोस्

सेकेण्ड हृयाण्ड मोवाइल किन्दा यी कुरामा ध्यान दिनुहोस्
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। सेकेण्ड हृयाण्ड स्मार्टफोनले अहिले बजारमा तहल्का मच्चाइरहेको छ । जसरी मानिसहरुले महंगा फोन किन्न कम गरे कम्पनीले नै सेकेण्ड हृयाण्ड उत्पादन बजारमा लाने सोच गरिरहेको छ ।

यसको उच्च मूल्यको कारण आइफोन धेरैजसोको बजेटमा फिट हुँदैन । यद्यपि सेकेन्ड ह्यान्ड डिभाइस किन्दैमा कुनै हानि भने छैन । यो तपाईंको लागि लाभदायक सम्झौता पनि हुन सक्छ ।

थुप्रै वेबसाइटहरुमा आजभोलि सेकेण्ड हृयाण्ड स्मार्टफोन बिक्रीका लागि राखिएको देख्न सकिन्छ । यसले तपाईंलाई खोज्न सजिलै बनाएको छ । सबैभन्दा पहिले तपाईंले यो प्रष्ट गर्नुपर्छ कि एन्ड्रोइडको कुन अपरेटिङ सिस्टम तथा स्क्रिन साइजको खोजि गरिरहनु भएको छ । यदि तपाईंले बजेट सुरुमै निर्धारण गर्नुभयो भने स्मार्टफोन चयन गर्न तपाईंलाई केहि सजिलो हुनेछ ।

तर सेकेन्ड ह्यान्ड आइफोन किन्नु अघि तपाईंले यसमा केही कुराहरू जाँच गर्नुपर्छ। अन्यथा, तपाईंलाई ठूलो नोक्सान हुनेछ र आधा भन्दा बढी पैसा यसलाई मर्मत गर्न खर्च हुनेछ।

रिटर्न पोलिसी

सेकेण्ड हृयाण्ड स्मार्टफोन किन्दा रिटर्न पोलिसी छ कि छैन किनकि १/२ दिन चलाएपछि मन परेन भने फिर्ता गर्न सकियोस् ।

सिमकार्ड चेक

सेकेण्ड हृयाण्ड स्मार्टफोन किन्ने बेला आफ्नो सिमकार्ड पनि त्यसमा हालेर चेक गर्नुहोस् । यो नर्मल प्रक्रिया हो तर, सिम राखेर चेक गर्नुभयो भने डिभाइसले काम गरिरहेको छ या छैन पत्ता लगाउन सकिन्छ । तर, यसबाट यो ग्यारेन्टी त हुँदैन कि त्यो फोन चोरीको हो या होइन । बिक्रेतासँग यो ग्यारेन्टी लिनुहोस् कि फोन चोरीको होइन भनेर । जब तपाईँ मोवाइल किन्नका लागि हेर्न जाँदै हुनुहुन्छ भने ल्यापटप, मेमोरी कार्ड र हेडफोन साथैमा लग्नुहोला । फोनको सबै फिचर परिक्षण गर्न काम लाग्नेछ ।

डिस्प्लेबारे जानकारी

पछिल्ला आइफोनमा तपाईं सजिलैसँग आइफोन डिस्प्ले अनौपचारिक सेवा केन्द्रमा प्रतिस्थापन/मरम्मत गरिएको छ वा छैन भनेर जाँच्न सक्नुहुन्छ । यसलाई जाँच गर्न आइफोनको सेटिङमा जानुहोस्, डिस्प्ले एन्ड ब्राइटनेसमा क्लिक गर्नुहोस्, अब तपाईं ट्रु टोन सक्रिय गर्न सक्नुहुन्छ। यदि तपाईं यसलाई सक्रिय गर्न सक्षम हुनुहुन्न भने त्यहाँ आइफोन मर्मत गरिएको उच्च सम्भावना हुन्छ।

ब्याट्री हेल्थमा ध्यान दिनुहोस्

कुनै पनि आइफोनको ब्याट्री हेल्थ धेरै महत्त्वपूर्ण छ। यदि आइफोनको ब्याट्री ८० प्रतिशतभन्दा बढी छ भने त्यो फोन किन्दा कुनै हानि छैन तर योभन्दा कम भएमा किन्नुअघि सोच्नुपर्छ । आइफोनको ब्याट्री हेल्थ जाँच गर्न पहिले आइफोनको सेटिङ्हरूमा जानुहोस्, त्यसपछि यहाँ ब्याट्री विकल्पमा क्लिक गर्नुहोस्। यहाँ ब्याट्री हेल्थ एन्ड  चार्जिङको विकल्पमा क्लिक गर्नुहोस्। यदि तपाईं ब्याट्री स्वास्थ्य जाँच गर्न पाइरहुन भएको छैन भने यो आइफोन नक्कली हो।

यसरी सिरियल नम्बर जाँच गर्नुहोस्

वारेन्टी प्रमाणित गर्न पहिले आइफोनको सेटिङ्हरूमा जानुहोस्, जनरल विकल्पमा जानुहोस् र अबाउट सेक्सनमा क्लिक गर्नुहोस्। तपाईं आइफोनको सिरियल नम्बर जाँच गर्न सक्नुहुन्छ। यो सिरियल नम्बर कपी गर्नुहोस् र checkcoverage.apple.com मा प्रविष्ट गर्नुहोस् र सबै विवरणहरू जाँच गर्नुहोस्।

कल फोन,फोटो र म्यासेज पनि जाँच गर्नुहोस् ।

साथै, सेकेण्ड हृयाण्ड स्मार्टफोन फोन किन्दा एक कल फोन पनि गर्नुहोस् । फोटो लिनुहोस्, म्यासेज पनि पठाउनुहोस् । यति सबै जाँच गरेपछि तपाईं सन्तुष्ट हुनुभयो भने ढुक्कसँग मोवाइल किन्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?