२१ मंसिर २०७९, बुधबार

Logo

युट्युबले हटाइदियो १० मिलियन सब्स्क्राइबर भएको च्यानल



२८ असार, एजेन्सी । युट्युबले गल्तिले चर्चित युट्युब च्यानलबाट धेरै लाइभ स्ट्रिमहरू डिलेट गरेको स्वीकार गरेको छ। सोमबार युट्युबले भूलबस ‘लोफी गर्ल’बाट  लाइभ स्ट्रिमहरू डिलेट गरेको स्वीकारेको हो।

लोफी गर्लले ट्वीटमार्फत आफ्नो अकाउन्टलाई कपिराइट उल्लङ्घनको आधारहीन आरोप लगाएर लक्षित गरिएको दाबी गरेको छ। युट्युबले लोफी गर्ललाई कपिराइट उल्लङ्घनको गरेको पाइएको भन्दै मेल पठाएको थियो।

लोफी गर्लकै अर्को च्यानल ‘बिट्स टु स्लिप/चिल टु’ पनि कपिराइट उल्लङ्घनको गलत आरोप लगाएर हटाइएको थियो। यो च्यानल फ्रान्सका संगीतकार मिडिट्रीले २०१५ मा खोलेका थिए। यो च्यानलमा युट्युबको इतिहासमा अहिलेसम्मकै लामो समयसम्म लाइभ भिडियो चलेको बताइएको छ।

लोफी गर्लको युट्युब च्यानलमा १० मिलियनभन्दा बढी सब्स्क्राइबर छन्। यी सबैभन्दा लोकप्रीय लाइभ स्ट्रीमहरू हुन्। जुन युट्बयुले हटाइदिएको थियो।

युट्युबका प्रवक्ताले लोफी गर्ल हटाउने अनुरोधहरू अपमानजनक भएको बताएका छन्। युट्युबले लोफी गर्लमाथि उजुरी गर्ने अकाउन्ट बन्द पनि गरिदिएको छ।

युट्युबले गलत रिपोर्टपछि अकाउन्टमा थपिएका कपिराइट स्ट्राइकहरू हटाएको बताएको छ। युट्युबमा गलत रूपमा कपराइट स्ट्राइक कन्टेन्ट क्रियटरहरूले सामना गर्नु परेको ठूलो विषय बनिरहेको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार