काठमाडौँ। नेपालको डिजिटल भुक्तानी प्लाटफर्मममा लोकप्रिय ‘इसेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट हराएको छ । ‘इसेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट हराएको हो ।
गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने यथावत छ।
‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन् ।
नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई-सेवा’ चिनिन्छ । डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो । एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन् ।