काठमाडौँ। नेपालबाट सूचना प्रविधि निर्यात गर्नेमध्ये कोडावतार टेक प्रा.लि. सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ ।
विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो । विभागले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी सबैभन्दा बढी कर बुझाउने कम्पनीका रूपमा कोडावतार टेक प्रालिलाई सम्मान गरेको छ ।
विभागका अनुसार, कोडावतारले आर्थिक वर्ष २०७९/०८० मा आईटीसम्बन्धी सेवा निर्यात गरी आय विवरणानुसार सबैभन्दा बढी आयकर दाखिल गरेको हो ।
काठमाडौं आधारित कोडावतार ०७७ साल असार २६ गते आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा दर्ता भएको विभागले जनाएको छ । मासिक रूपमा भ्याट विवरण बुझाउँदै आएको कम्पनीले आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता ०८० असोज २४ गते गरेको विभागको तथ्यांक छ ।