काठमाडौँ। बालबालिकालाई डिजिटल सुरक्षाबारे जानकारी दिनका लागि चाइल्डसेफ्टनेटले एक दिने ‘डिजिटल सेफ्टी कार्यशाला’ सञ्चालन गरेको छ।
सहकार्यको पहिलो चरणमा बाग्मती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने चाइल्ड सेफनेटले जनाएको छ । यसकै शिलशिलामा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।
सहभागीहरूले साइबर बुलिङ, घृणास्पद अभिव्यक्ति (हेट स्पिच), भ्रामक तथा मिथ्या सूचना (मिस/डिसइन्फर्मेसन), अनलाइन ग्रुमिङ, हानिकारक सामग्री (यौन र हिंसात्मक सामग्री ) बारे जानकारी पाएको बताए । ‘मलाई टू फ्याक्टर अथेन्टिकेसनबारे थाहा थिएन, यो अन गर्नुपर्छ भन्ने बुझेँ,’ द एक्सेल पब्लिक सेकेन्डरी स्कुलको कक्षा १० की छात्रा तनुजा भण्डारीले भनिन्, ‘सोसल मिडियाको सेफ्टी गाइडलाइन्स र टुलहरूबारे जानकारी भयो ।’
नेपालमा बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफ नेटले टिकटकसँग सहकार्य सुरु गरेको जनाएको छ । पहिलो चरणमा वागमती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने संस्थाले जनाएको छ ।
चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले इन्टरनेटरमा बालबालिकाहरू संवेदनशील अवस्थामा रहेको अनुभव सुनाए । ‘एउटा ट्रेन्ड के देखिन्छ भने सामाजिक सञ्जाल चलाउने बालबालिका र किशोरकिशोरीको संख्या बढ्दो छ,’ उनले भने, ‘आफूसँग स्मार्टफोन नभए पनि अभिभावक र परिवारका सदस्यको डिभाइसमार्फत उनीहरू इन्टरनेटका सबै किसिमका कन्टेन्टमा एक्स्पोज भइरहेका छन् ।’
टिकटकको सामुदायिक साझेदार च्यानलका रूपमा चाइल्ड सेफनेटले टिकटकमा हुनसक्ने बाल दुर्व्यवहारका घटनाहरू टिकटकमा पठाउने छ । बाल दुर्व्यवहारका घटनाहरू [email protected] मा पठाउन सकिने छ ।