एजेन्सी। जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस मेसिनलाई ‘मिराई निन्गेन सेन्ताकुकी’ अर्थात् भविष्यको मान्छे धुने मेसिन भनेर चिनाइएको छ ।
बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।
यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ ।
जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ) ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।
यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् ।
सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।
अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।