काठमाडौं। नेपाली बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्रान्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।
हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादनहरू ‘एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६०’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरू मंङसिर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरूले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू :
सिंगल च्यानल एबीएसः
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिब प्रविधि ।
श्रेणीकै सर्वाधिक तीव्र :
सर्वाधिक गति र तीव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायरः
सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था ।
एलईडी हेडलाइट्सः
सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।
ब्लूटूथ कनेक्टिविटी :
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
एक्स्ट्रिम १६०का मुख्य विशेषता:
श्रेणीकै सर्वाधिक गति क्षमता:
तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन :
प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।