Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

इप्पानमा षड्यन्त्र र छलकपटी भएको मल्ल टिमको निष्कर्ष, अदालतको निर्णय पर्खिने

इप्पानमा षड्यन्त्र र छलकपटी भएको मल्ल टिमको निष्कर्ष, अदालतको निर्णय पर्खिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा विवाद चर्किएको छ । बिहीबार हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन लाग्दा दुई पक्षबीच चर्को विवाद देखिएको हो ।

इप्पानको निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको जनाएपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको समूह रुष्ट बनेको हो । योग्यता नपुगेको भन्दै निर्वाचन समितिले हालका महासचिव गोरे शेर्पा समर्थित मल्लको उम्मेदवारी खारेज गरेसँगै विवाद उत्कर्षमा पुगेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार इप्पा निर्वाचन समितिले भनेको छ, ‘निर्वाचन समितिले प्रकाशित गरेको सूचना, विद्युतीय माध्यमबाट गरिएका प्रत्राचारबमोजिम दाबी विरोधका सम्बन्धमा संस्थाको विधान तथा निर्देशिकामा भएको व्यवस्था बमोजिम योग्यतासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन भनिएकोमा तपाईँबाट सो बमोजिमको उम्मेदवारी कायम राख्नको निमित्त योग्यता पुग्ने कागजात पेश हुन नआएको हुँदा निर्वाचन सम्बन्धी निर्देशिका २०७६ (पहिलो संशोधन २०८०) को दफा ९ (ग) र संस्थाको विधान २०५७ (संशोधित विधान २०७८) को धारा १५ (११) बमोजिम तपाईँबाट मनोनय भएको उम्मेदवारी कायम नरहने गरी निर्वाचन समितिबाट निर्णय भएको व्यहोरा जानकारीको निमित्त अनुरोध छ ।’

तर यो षड्यन्त्रपूर्ण ढंगले गरिएको भन्दै मल्ल समूहले आपत्ति जनाएको छ । हालका महासचिव शेर्पाले विधानलाई अपव्याख्या गरेर, एक्लौटी रुपमा कार्यविधि पारित गरेर आफूहरुलाई जबरजस्ती अयोग्य सावित गरिएको बताएका छन् । ‘विधानलाई अपव्याख्या गरियो । कार्यविधिमा लेखिएको कुरा पनि विधानको मर्मविपरीत छ । आजको दिनलाई हामीले कालो दिन भनेका छौं’, उनले भने, ‘अब भोलि एजीएम छ । यसैगरी एक्लौटी ढंगले अगाडि बढिए भोलि जे पनि हुन सक्छ ।’

विधानको दफा १० र ११ मा के हुँदा अयोग्य हुने भन्ने स्पष्ट उल्लेख भए पनि त्यसविरुद्ध निर्वाचन समितिले आफूहरुलाई अयोग्य घोषणा गरिएको असन्तुष्ट समूहको भनाइ छ ।

उम्मेदवारी नै अयोग्य ठहरिएको मल्लको टिमबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुर्यप्रसाद अधिकारीले हालको कार्यसमितिले अवैध रूपमा विधानको हवाला दिएर तयार गरेको निर्देशिका नै त्रूटीपूर्ण रहेको बताए । ‘संस्था नविकरण नै छैन, संस्था नै वैध नभई कसरी साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढ्छ भन्ने हाम्रो माग हो, अधिकारीले भने,’विधानको अपव्याख्या गरि अघि बढाएका कुनै पनि कार्य स्विकार्य छैनन् ।’

उता महासचिव दाबी गरेका उर्जा व्यवसायी विनोद देवकोटाले निर्वाचनको प्रक्रिया पूर्व साधारणसभाले विधान संशोधन गरिनुपर्ने र कुनै व्यक्ति अनुकूल पद बाँड्न बनाइएको निर्देशिका खारेज हुनुपर्ने आफुहरूको माग रहेको बताए । स्वतन्त्र संस्थामा कसैको एकलौटी स्विकार्य छैन, देवकोटाले भने, ‘यस्तै अवस्था रहँदा कुनैपनि समयमा हामी अर्को वाध्यकारी निर्णय लिन पछि हट्ने छैनौं ।’

यसैबीच मल्ल टिम अन्तरिम आदेश माग गर्दै उच्च अदालतको ढोकामा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?