Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

बी.एस.सी. सी.एस.आइ टि. (B.Sc.CSIT) प्रवेश परीक्षाका लागि आवेदन खुल्ला !

बी.एस.सी. सी.एस.आइ टि. (B.Sc.CSIT) प्रवेश परीक्षाका लागि आवेदन खुल्ला !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

स्नातक तहको कम्प्युटर विज्ञान र सूचना प्रविधि (B.Sc. CSIT), विद्यार्थीलाई सूचना प्रविधि र कम्प्युटिङको क्षेत्रमा सबै प्रकारको ज्ञान प्रदान गर्न डिजाइन गरिएको त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध चार वर्षे पाठ्यक्रम हो। हाल नेपालमा ५७ कलेजहरूले बी.एस.सी. सी.एस.आइ टि. कार्यक्रम प्रदान गर्दछन्।

बी.एस.सी. सी.एस.आइ टि. कार्यक्रममा परम्परागत व्याख्यानहरूका अतिरिक्त, धेरै व्यावहारिक र परियोजना कार्यहरू समावेश हुन्छन्। कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधि दुवैको अन्तर्निहित सिद्धान्तहरू विकास गर्छ र यी सिद्धान्तहरूलाई वास्तविक विश्व समस्याहरूमा कसरी लागू गर्न सकिन्छ भनेर देखाउँछ। यस कार्यक्रमले कम्प्युटर पेशेवरहरू र IT विशेषज्ञहरू दुवैका लागि आवश्यक सीपहरू विकास गर्दछ।

६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित कोर्ष समावेश गरी तयार पारिएको बी.एस.सी. सी.एस.आइ टि. कार्यक्रमले विद्यार्थीहरूलाई पर्याप्त सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई IT उद्योगको जटिल समस्या समाधान गर्न प्रभावकारी रूपमा सहभागी हुन सक्षम बनाउँछ।

उक्त पाठ्यक्रमको प्रवेश परीक्षाका लागि भोलिदेखि आवेदन दिन सकिने भएको छ ।विद्यार्थीले माघ ४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । त्यस्तै माघ ५ देखि सात दिनसम्म दोब्बर दस्तुर तिरेर फर्म आवेदन दिन सकिने छ । विद्यार्थीले https://tuiost.edu.np/ मा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

नेपालमै पहिलो प्राविधिक विषयको रुपमा शुरु गरिएको बी.एस.सी. सी.एस.आइ टि.पढ्न निम्न योग्यता पुगेको हुनुपर्नेछ।

१. TU द्वारा मान्यता प्राप्त कुनै पनि विश्वविद्यालय, बोर्ड वा संस्थाबाट विज्ञान स्ट्रिम वा सो बराबरको बाह्र वर्षको शिक्षा सफलतापूर्वक पूरा गरेको हुनुपर्नेछ।

२. कम्तिमा ३५% अंक ल्याई त्रिवि द्वारा लिइएको प्रवेश परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेको हुनुपर्नेछ।

३. आफ्नो +२ वा समकक्षमा न्यूनतम दोस्रो डिभिजन प्राप्त गरेको हुनुपर्छ वा भौतिकशास्त्र र गणितमा १०० अंक लिएर कक्षा ११ र १२ मा सबै विषयहरूमा कम्तीमा सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ।

वा

विज्ञानमा ए लेभल उत्तीर्ण गरेको (भौतिकशास्त्र र गणितमा १०० अंकको अध्ययन गरेको) र कम्तीमा डी ग्रेडमा उत्तीर्ण

वा

CTEVT बाट भौतिकशास्त्र र गणित दुवै विषयमा इन्जिनियरिङमा ३ वर्षे डिप्लोमा उत्तीर्ण।

(नोट: जीवविज्ञान र गणित दुवै +२ स्तरका विद्यार्थीहरूको समूह पाठ्यक्रमको लागि आवेदन दिन योग्य हुनेछन्)

भर्ना मापदण्ड:

विधार्थीले त्रिभुवन विश्वविधालय मान्यता प्राप्त जुनसुकै क्याम्पसबाट भर्ना फारम लिन वा भर्ना ससक्नेछन र एउटा क्याम्पसबाट भरिसकेपछि पुन: भरिरहनु पर्दैन। नतिजा प्रकाशन भईसकेपछि पढ्न रुचाएको क्याम्पसमा गई सोहि क्याम्पसका लागि निवेदन फारम भने भर्नुपर्ने हुन्छ।

प्रवेश परीक्षा:

१. त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले प्रवेश परीक्षा सञ्चालन गर्नेछ। प्रवेश परीक्षा मध्यवर्ती/१०+२ तह वा अंग्रेजी, गणित, भौतिकशास्त्र र रसायन शास्त्रका विषयहरू समावेश गरी १०० पूर्ण अंकको हुनेछ र उत्तीर्ण अंक ३५ रहने छ।

२. प्रवेश परीक्षाका सबै प्रश्नहरू वस्तुगत (MCQ) हुनेछन्।

३. परीक्षाको समयावधि २ घण्टाको हुनेछ।

भर्ना दिशानिर्देशहरू:

१. प्रवेश मोडेल प्रश्नहरू कुनै पनि बी.एस.सी. सी.एस.आइ टि.अध्यापन हुने क्याम्पसबाट र प्रवेश परिक्षाको तयारि गराइरहेका सरल शिक्षा वा बाइनरि इन्ट्रान्स जस्ता संस्थाहरु बाट पाउन सकिने छ।

२. विद्यार्थीहरूले एक भन्दा बढी कलेजहरूमा TU भर्ना फारम भर्नु पर्दैन। एउटा कलेजबाट भरिएको फारम सबै कलेज/क्याम्पसहरूको लागि मान्य हुनेछ।

३. कक्षा १२ को पूरक परीक्षाका विद्यार्थीले पनि त्रिवि भर्ना फारम भर्न सक्नेछन् तर त्यस्ता विद्यार्थीले प्रवेश परीक्षाको नतिजा प्रकाशन अघि १०+२/मध्यवर्ती तह उत्तीर्ण गरेको शैक्षिक ट्रान्सक्रिप्ट पेश गर्नुपर्छ, अन्यथा त्यस्ता विद्यार्थीको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?