Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।

गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिइन् ।

रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय मार्ता ब्रिटेनमा आफ्नो युनिभर्सिटीका साथीहरुलाई भेट्न आएकी थिइन् । यस्तो अवस्थामा कीभमा भएको हमलाको खबर सुनेर र देखेर उनी डराएकी थिइन् । त्यसपछि मार्ताले जुन काम गरिन्, त्यो कामले उनलाई रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनाइदियो ।

तीन भाषा बोल्छिन् मार्ता

फेब्रुअरी २३ पछि युक्रेनमा चलिरहेको संघर्षसँग जोडिएको जुन भिडियो उनले शेयर गरेकी छन्, त्यसमा करोडौं भ्यूज छ । टिकटकमा धेरै व्यक्ति, खासगरी युवा जमात युक्रेनसँग सम्बन्धित खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा गर्न थालेका छन् । ‘म मानिसहरुलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु’, उनी भन्छिन् ।

मार्ता धाराप्रवाह युक्रेनियन, रसियन र अंग्रेजी बोल्छिन् । जसै उनले युक्रेनमाथि रुसले आक्रमण गरेको खबर सुनिन्, उनी टेलिग्राम मेसेन्जिङ एपमा युक्रेनको च्यानल खोज्न थालिन् । टेलिग्राम मेसेन्जिङ एप युक्रेनमा निकै लोकप्रिय छ ।

यी च्यानलमा युक्रेनका व्यक्तिहरु लगातार भिडियो अपलोड गरिरहेका थिए । मार्ताले यस्तो भिडियोलाई ‘सेभ’ गर्न थालिन् । ‘मेरो फोन यिनै भिडियोका कारण पूर्ण रुपमा भरिएको छ । सबै खबर मैले पाइरहेकी छु’, उनले भनेकी छन् ।

यसपछि मार्ता यी भिडियोको सत्यता पुष्टि गर्न जुटिन् । यसमा आएको कमेन्ट हेरिन् । ‘म यो देख्न सक्थें कि मानिसहरु यो सत्य हो भनिरहेका थिए । उनीहरुले यस्तो युक्रेनमा चलिरहेको बताएका थिए’, उनी सम्झन्छिन् ।

त्यसपछि उनले टिकटकमा भिडियो पोस्ट गर्न सुरु गरिन् र पोस्ट गरेपछि उनी सुतिन् । ‘जब म बिहान उठें र टिकटक हेरें, ती भिडियोमा त ९० लाख बढी भ्यूज पुगिसकेको रहेछ’, मार्ता भन्छिन् ।

१७ मिलियन बढी लाइक्स

मानवीय संकटको बेला सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सेम ग्रेगरी ध्यान दिइरहन्छन् । उनका अनुसार टिकटकको अल्गोरिथम टपिकमा आधारित हुन्छ । ‘तपाईंको रुचीको हिसाबले कन्टेन्टलाई राख्ने गरिन्छ । यस्तोमा यदि तपाईं युक्रेनमा रुची राख्नुहुन्छ भने तपाईंले युक्रेन या युक्रेनसँग जोडिएको कन्टेन्ट बढी हेर्न पाउनुहुन्छ’, सेम भन्छन् ।

यसरी नै अल्गोरिथमले मार्ता जस्ता कन्टेन्ट क्रिएटरलाई सहयोग गर्यो र उनी राता—रात ‘प्रभावशाली’ बन्नेतर्फ अघि बढिन् । मार्ताको भिडियोलाई १७ मिलियन बढी लाइक मिलेको छ भने हाल उनको फलोअर्स संख्या करिब दुई लाख पुगेको छ ।

अहिले पनि उनलाई यो संख्यामा भरोसा हुन सकेको छैन । उनी आफ्नो फोनको पोस्टमा प्राप्त प्रतिक्रियाको नम्बर पढ्दै भन्छिन्,‘यी नम्बरहरुलाई मैले सम्झन सकेकी छैन ।’

यद्यपि विशेषज्ञहरुले टिकटक ग्राउण्डबाट आएको भिडियोहरुका लागि राम्रो हुनसक्ने भए पनि यो प्लेटफर्मममा गलत जानकारी पनि पाइने गरिएको चेतावनी दिएका छन् ।

मार्ता कन्टेन्टलाई भेरिफाइड गर्ने प्रयास गर्नु आफैंमा एक मुस्किल काम भएको स्वीकार्छिन् । भलै कोही भिडियो युक्रेनकै किन नहोस्, मानिसहरु युक्रेनी भाषा नै बोलिरहेका किन नहुन् । तर पनि भिडियोहरु देशको पूर्वी हिस्सामा सन् २०१४ देखि सुरु भएको लामो संघर्षलाई दर्शाउँछ । उनी आफू भिडियो भेरिफाइड गर्ने मामलामा विशेषज्ञ नभएको स्पष्ट पार्छिन् ।

मार्ताले जुन भिडियो पोस्ट गरेकी छन्, त्यसमा केहीको बीबीसी न्यूजसमेतका मिडिया आउटलेट्सले पुष्टि गरेका छन् ।

मार्ता केही व्यक्ति परम्परागत न्यूज आउटलेटको सट्टा उनको जस्तो सामाजिक सञ्जालको स्रोतबाट खबर लिन मनपराउँछन् । ‘केही मानिस व्यावसायिक पत्रकार, यहाँसम्म कि आधिकारिक स्रोतमाथि पनि विश्वास गर्दैनन्’, उनी भन्छिन् ।

माताको परिवार युक्रेनमा छन् र उनीहरु मार्ताको सुरक्षालाई लिएर चिन्तित छन् । तर यस्ता भिडियोलाई शेयर गरेर आफूले युवा दर्शकलाई सहयोग गरिरहेको मान्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?