Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

रास्ट्र बैंकको एकीकृत निर्देशन लत्याएको NIC Asia बैंकको वकिलहरुको जत्था, आर्थिक आतंक नरोक्ने दाउमा बैंक!

रास्ट्र बैंकको एकीकृत निर्देशन लत्याएको NIC Asia बैंकको वकिलहरुको जत्था, आर्थिक आतंक नरोक्ने दाउमा बैंक!
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

काठमाडौं,२४ कात्तिक । टोखा नगरपालिकास्थित धापासी हाइटमा ओरेन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालीको नाममा रहेको २४ रोपनी ९ आना जमिन एनआइसी एशिया बैंकले हडपेको छ । ऋणीले ‘साँवा ब्याज फिर्ता गर्छु’ भन्दा पनि बैंकले उक्त जग्गा सकार गरेको भन्दै फिर्ता गर्न मानीरहेको छैन् । १४ वर्षअघि स्थानीय सुधीर बस्नेतको ओरेन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालीले २४ रोपनी जमिन धितो राखेर १४ करोड लिएका थिए । बस्नेत जेल परेको मौका छोपेर एनआइशी एशिया बैंकले १० वर्षअघि ऋण नतिरेको भन्दै जमिन सकार गरेर आफ्नो नाममा ल्याएको हो ।उक्त जग्गाधनीले बैंकलाई तिर्नुपर्ने रकम तिरेर हक सकार गर्छु भन्दा नपाएको पिडित बस्नेतले गुनासो गरे । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ अनुसार ‘गैर बैंकिङ सम्पत्तिको रुपमा बैंक÷बित्तिय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनीलाई फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ मा भनीएको छ –‘गैर बैंकिङ सम्पत्तिको रुपमा बैंक÷बित्तिय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनीलाई फिर्ता गर्दा गैर बैंकिङ सम्पत्ति लेखांकन गर्दाको मूल्य वा फिर्ता गर्दाको समयमा रहेको बक्यौता रकम मध्ये जुन बढी हुन्छ सो रकममा नघट्ने गरी सम्बन्धित संस्था र सम्बन्धित सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा धितो÷सुरक्षण फिर्ता गर्न निर्देशनले बाधा पुर्याएको मानिने छैन ।’यो बुँदाको अर्थ हुन्छ कि बैंकले नै गैर बैंकिङ सम्पत्ति (सकारेर बैंक आफैंले लिएको) का रुपमा रहेको धितो पनि ऋणीले साँवा ब्याज तिर्छु भनेर आउँछ भने त्यो उसैलाई फिर्ता गरिनु पर्छ । निर्देशनमा ऋणीलाई ‘फिर्ता गर्नै पर्छ’ भन्ने त छैन, तर कुनै पनि बैंकले आफ्नो साँवा ब्याज फिर्ता पाएपछि अरु कसैको घर जमिन आफूसँग राख्दैन । किनभने बैंकलाई अरुको घर जग्गा के काम ? उसलाई त नगद चाहिन्छ । ताकि त्यो नगद अरु कसैलाई फेरि ऋण लगानी गर्न पाइयोस् ।राष्ट्र बैंकको यो नियम र एनआइसी एशिया बैंकले व्यवसायमा डुबेका सुधीर बस्नेतको धितो कसरी हडप्न खोजेको छ भन्ने तथ्य बाहिरिएको भन्दै स्थानीयहरुले समेत बैंकको हर्कत प्रति आक्रोश पोखेका छन् ।
जुन जमिन एनआइसीले लियो, त्यो जमिनमा पहिले नै बस्नेतले हाउजिङका लागि लाखौं लगानी गरेर संरचना बनाइ सकेका थिए । व्यवसायमा डुबेका कारण बस्तेको आर्थिक व्यवहार सबै चौपट भयो । आरेन्टलमा फ्लाट बुकिङका लागि रकम दिएका सयौं लगानीकर्ताको रकम समेत डुबेको छ । अहिले सुधीर बस्नेतको भने –एनआइसी एशिया बैंकले आफ्नो सावाँ ब्याज लिएर जमिन दिनु पर्ने माग छ । उनी भन्छन,‘जमिन पाएँ भने म त्यो जमिन बेचेर फ्लाट बुक गर्नेहरुको रकम फिर्ता गर्छु र ओरेन्टल सहकारीमा रकम डुबाएकाहरुको पनि पैशा फिर्ता गर्छु ।’तर यो कुरा एनआइसीलाइ मञ्जुर छैन, सुधीर बस्नेतले टोखाको जमिन आफूले पाउनु पर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेका छन् । तर अदालतले जमिन फिर्ता गर्नसक्ने कुरालाई मध्यनजर गर्दै बैंकले अदालतकै हातखुट्टा बाँध्ने गरी २४ जना वकिलको डफ्फा पालेर बसेको छ । ती वकिलहरुको काम बहस गर्ने नभइ पेशी सारिरहने, मुद्दा किनारा नलगाइ विलम्व गराउने ध्याउन्नमा छन् । एनआइसी एशिया बैंकले भने यसरी खाली जमिनमा आफूहरुले लगानी गरेर संरचना बनाएको भन्ने देखाएर व्यक्तिको जमिन खाने प्रपञ्चमा लागि परेको देखिन्छ ।व्यवसायीलाई सडकमा ल्याउन तुल्सीरामदेखि खनियाँसम्म सक्रियएनआइसी एशिया बैंक बिशाल ग्रुप अन्तर्गतको बैंक हो । यसका अध्यक्ष तुल्सीराम अग्रवाल छन् । हुनमा अग्रवाल धनाढ्य व्यक्ति नै हुन् । ‘तर यिनलाई कुनै पनि नेपाली व्यवसायी सडकमा पुर्याउँदा जति आनन्द सायद अरु केही गर्दा आउँदैन ।’ निकट स्रोत भन्छ ‘एनआइसीबाट सडकमा पुगेकाहरुको लिस्ट तपाईँलाई दिन सक्छु । यो नेपाली सिध्याउने ध्येयले सक्रिय छ । देशको अहितमा काम गर्ने यो बैंक खतरनाक पनि छ ।’
धापासी हाइटका एक स्थानीयले भने, ‘यो जमिनलाई आफ्नो बाबुको खेत जस्तो ठानेर ढुक्न एक जना बैंकका मारवाडी साहु आउँदा रहेछन् । छाता ओढेर बसेको पनि देखेको हुँ, तर मलाई उनको नाम थाहा छैन ।’
यी भनाइबाट प्रष्ट हुन्छ –एनआइसी एशिया बैंकको मूल्य मान्यता भन्दा पनि तराइमा सक्रिय मिटर ब्याजी जस्तो छ । यो बैंककै कारण सडकमा पुगेका, बेपत्ता भएका, कालो सूचीमा परेका कैयन छन् । धेरै व्यवसायीको उठिबास लगाएर अर्ब अर्ब नाफा कमाउने बैंकहरुको सूचीमा एनआइसी अग्रपंक्तिमा छ ।डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा उनले बजेटमै विशाल ग्रुपले आयात गर्ने महँगा चकलेटको भन्सार कर कटौती गरिदिएका थिए । पेटभर दालभात खान नपाउने गरिब नेपालीका लागि चकलेट अत्यावश्यकीय खाद्य वस्तु हो ? देशको पैशा विदेश पुर्याउनमा अहंम भूमिका खेलिरहेको विशाल ग्रुपले नै अर्को एउटा डमी फर्म खोलाएर लकडाउनमा म्याद गुज्रेका ती चकलेटहरुको रि लेबलिङ गराएर विक्री वितरण गरेको आरोप लागेको थियो । शासकको पुजा गरेर गैरकानुनी क्रियाकलाप पनि वैधानिक तरिकाले गर्दै आएको यो समूहको एनआइसी बैंकले अहिले नेपालको व्यवसायिक क्षेत्रमा आतंक नै मच्चाइ सकेको जानकारहरु बताउँछन् ।सुधीर बस्नेतको टोखाको जमिन आफूले पाउनु पर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेका छन् । तर उनको रिटलाई छल्न एनआइसीले २४ जना वकिलहरुको डफ्फा पालेको छ । अहिलेसम्म ९ पटक पेशी सरि पनि सकेको छ । बहस हुनै नदिने, देशी विदेशी शक्ति प्रयोग गरेर भए पनि, अदालतमा अनावश्यक दबाब सिर्जना गरेर भए पनि टोखाको जमिन खाएरै छाड्ने उद्देश्यमा बैंकका मालिकहरु लागि परेका छन् । यो क्रियाकलापमा सक्रिय रिकभरी विभागका प्रमुख अर्जुन खनिले भने, ‘उक्त जग्गा बैंकले सकार गरेको १२ बर्ष भैसकेको र साविकको जग्गाधनीलाई बैंकले दिने नलिदने भन्ने विषय अदालतको निर्णय अनुसार हुनेछ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?