Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

CG Net को इन्टरनेट सेवामा बारम्बार समस्या, सेवाग्राही आक्रोशित !

CG Net को इन्टरनेट सेवामा बारम्बार समस्या, सेवाग्राही आक्रोशित !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ । सिजी नेटको इन्टरनेट सेवामा पुनः समस्या देखा परेको छ। इन्टरनेट नचलेको र ग्राहक सेवा केन्द्रमा समेत सम्पर्क हुन नसकेको भन्दै सेवाग्राहीहरू एकाएक सामाजिक सञ्जालमा आक्रोशित बन्दै खरो उत्रिरहेका छन्।

इन्टरनेट हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ, यति धेरै, कि संयुक्त राष्ट्रले पनि इन्टरनेट पहुँच मानव जातिको एक आधारभूत अधिकार हो भन्छ। यद्यपि सबैको धारणा एकै नहोला तर व्यावसायिक आवश्यकताहरूदेखि व्यक्तिगत मनोरञ्जनसम्म आधारभूत डिजिटल समाजीकरणसम्म, इन्टरनेटमा हाम्रो निर्भरताले हाम्रो जीवनलाई अन्तरसम्बन्धसित आनन्द प्रदान गरेको छ।

बढ्दो पूर्वाधार, किफायती, र यसको पहुँचको आधारमा भन्ने हो भने इन्टरनेटको प्रयोगकर्ता बढ्दो सङ्ख्यामा मात्रै देख्न सकिन्छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरु बिच पछिल्लो समय निक्कै नै कस्सा कस्सि चलिरहेको छ, उक्त कस्सा कस्सिको श्रेय भने CG Net लाई नै जान्छ। विगतमा ८० एम्बिपिएस ब्यान्डविथ भन्दा माथिको स्पिडमा इन्टरनेट नदिएका उक्त सेवा प्रदायकहरू अहिले २०० भन्दा माथिको ब्यान्डविथको इन्टरनेट उपलब्ध गराउँदै आएका छन्।

धूमधाम फुर्तिफार्तिका साथ सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा दिने भन्दै प्रचार- प्रसार गरिएको १२० एम्बिपिएस ब्यान्डविथको CG Net २० देखि ५०एम्बिपिएस ब्यान्डविथ को दायरामा चल्छ भने फाट्टफुट्ट ५० कट्ने सम्भावना रहन्छ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरूले देखाएको परम्परागत ठगीको धन्दा त छोडेन नै, अझ अरूको तुलनामा यसको ग्राहक सेवाको पाटो झनै खराब छ, केही मुख्य ठाउँहरूमा मात्रै बिस्तार हुँदै आइरहेको उक्त इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई भने खास्सै चासोको विषय बनाएको देखिदैंन, इन्टरनेटमा समस्या आएर फोन गर्दा होस् या अन्य सहयोगका लागि होस् ग्राहक सेवा केन्द्रले न त कल नै रिसिभ गर्छ न त समस्या बताइसकेपछि चुस्त समाधान हुन्छ।

कम्पनीको वेबसाइटसहित ग्राहक समर्थन च्यानलहरू, फोन लाइनहरू र अनलाइन च्याट सेवाहरूसमेत बन्द भएसँगै उपभोक्ताहरूले सम्पर्कसमेत गर्न सकेका छैनन् ।

गुनासो नै पोख्ने ठाउँ नपाएपछि धेरै ग्राहकहरू निराशा र चिन्ता व्यक्त गर्न सोसल मिडियामा गएका छन्। आफूहरू धेरै समयदेखि इन्टरनेटविहीन भएको र कम्पनीबाट कुनै प्रतिक्रिया नपाएको उनीहरूको भनाई छ ।

इन्टरनेटको समस्याबारे कम्पनीले कुनै सम्बोधन गरेको छैन । के कारणले बिग्रेको हो र कहिले बन्छ भन्नेसम्म जानकारी नगराएपछि ग्राहकहरूमा थप अन्यौलता छाएको छ । यसबारे हामीले कम्पनीमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेको छैन।

९ सय ९९ रुपैयाँमै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुलेको सिजी नेटले ६ सय ४९ रुपैयाँमै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ समेत ल्याएको थियो तर यति बेला भने ग्राहकको फोन नै उठाउन नसक्ने अवस्थामा आई पुगेको छ ।

फाट्टफुट्ट इन्टरनेट सेवामा समस्या सबै सेवा प्रदायकहरूको आउँछ तर उनीहरू सँग छिट्टै सम्पर्क हुने र समाधान हुने एउटा राम्रो पक्ष पनि छ। त्यति मात्रै हैन प्रचारबाजीमा नलागेका तर गुणस्तरीय सेवा प्रदान गरिरहेका इन्टरनेट सेवा प्रदायकहरू पनि केही मात्रामा नभएका हैनन् छन् जसले पूर्व योजना अनुसार मर्मत गर्नुपर्ने ठाउँका सेवाग्राहीलाई पूर्व जानकारी गराउँछन् र सेवा सुचारु पश्चात् समेत जानकारी गराउँछन्।

यस्तै समुदायमा CG जस्ता चतुर र ठग सेवा प्रदायकहरू पनि छन् जसले न कुनै सेवा अवरुद्ध पूर्व जानकारी गराउँछन् न सेवा सुचारु मा नै, हुन त जानकारी नै गराएर चलाउनको लायक इन्टरनेट नै यसले कहिले पो दिन सकेको छ र ? CG Net को यस्तो किसिमको कमजोरी र लापर्वाहिले सेवाग्राहीमा मात्रै असर परेको छैन यसले पुरै नेपाली समाज, डिजिटल नेपालको पूर्वाधार विकास लगायतका आधारहरूको समेत खिल्ली उडाएको छ। राजनैतिक संरक्षण कै आधारमा जे पनि गर्नुहुने भन्ने मानसिकता बोकेको CG Group ले नेपाली इन्टरनेट जगतलाई मिठो ललिपप देखाएर नमिठो सङ्गले लोप्पा ख्वाएको छ।

यो पनि पढ्नुहोस् :

इन्टरनेट जडान गर्दा ध्यान दिनुपर्ने कुराहरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?