२३ जेष्ठ २०८०, मंगलवार

नाम फेरेर मेटा राख्यो फेसबुकले



एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा राखेको हो । मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् ।

मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् ।कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ ।

फेसबुकले कम्पनिका नाम परिवर्तन गरे पनि ‘फेसबुक’, ‘इन्स्टाग्राम’, ‘मेसेन्जर’ र ‘ह्वाट्एप’ एपका नाम भने परिवर्तन नगरेको जनाएको छ।

नयाँ नाम सार्वजनिक गर्ने क्रममा सिइओ जुकरबर्गले विद्यमान ब्राण्ड नामले कम्पनीले हाल गरिरहेका कामहरु तथा भविष्यमा गर्ने कामहरुलाई समेनट्न नसकेको हुनाले यसको नाम परिवर्तन गर्नुपरेको बताए ।

 


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न