२० मंसिर २०७९, मंगलवार

Logo

नयाँ ल्यापटप किन्दै हुनुहुन्छ ? एकपटक यी कुरामा विचार गर्नुहोस्



एजेन्सी । पछिल्लो समय ल्यापटप विद्यार्थीका लागि मात्र नभएर कार्यालयमा कामकाजी गर्ने मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि अनिवार्य बन्दै गएको छ। त्यसैले, कस्तो ल्यापटप किन्ने भन्नेबारे विचार गर्न आवश्यक छ । त्यसैले ल्यापटप खरीद गर्दा यी कुरामा ध्यान दिनुपर्छ:
-आफैले चलाएर हेर्नुहोस्
ल्यापटप, मोबाइल जस्ता चिजहरु अनलाइनमा खरीद गर्दा कहिलेकाहीँ ठगिने गरेका घटना पनि सुनिन्छन् । त्यसैले ल्यापटप किन्दा पसलमा गएर आफैले हेरेर र चलाएर किन्नु राम्रो हुन्छ । यसो गर्दा तपाईलाई ल्यापटप छनोटमा धेरै विकल्प प्राप्त हुनेमात्र होइन आफुले चाहेको र मूल्य तिरेको ल्यापटप नै खरीद गर्न सक्नुहुन्छ ।
-आफ्नो बजेट निर्धारण गर्नुहोस्
तपाईले कति बजेटमा कम्‍प्‍युटर किन्‍ने हो त्‍यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । आफूसँग कति पैसा छ र ल्यापटपरडेस्कटपका लागि कतिसम्म खर्च गर्न सक्दछु भन्ने कुराको सुरुमै निधो गर्न सक्नुभयो भने बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरु छनोट गर्न सजिलो हुन्छ ।
-ल्यापटपको साइज र वजन निधो गर्नुहोस्
बजारमा स्लिम, हलुका तथा उच्च मूल्यका अधिकांश ल्यापटहरु १३ इन्च स्क्रिन मोडेलका हुने गरेका छन् । त्यस्तै अधिकांश सुपथ मूल्‍यका ल्यापटपहरु १५ इन्च स्क्रिन भएका हुने गरेका छन् ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको