२० मंसिर २०७९, मंगलवार

Logo

Netflix का प्रयोगकर्ताहरुको सङ्ख्यामा भारी गिरावट !



Netflix

सशुल्क भिडियो स्ट्रिमिङ प्लेटफर्म Netflix मा पछिल्लो एक दशक यता पहिलोपटक प्रयोगकर्ताहरुको संख्या घटेका छन्।

कम्पनीका अनुसार रुस युक्रेनको युद्दका कारण पनि ७ लाख बढी प्रयोगकर्ताहरुको संख्यामा गिरावट आएको हो। कोरोनाभाईरसको स्थिति साम्य भए संगै धेरै देशहरुमा लकडाउन हटिसकेको छ जसका कारण मानिसहरु काममा व्यस्त भएका कारण पनि Netflix का प्रयोगकर्ताहरुको सङ्ख्यामा गिरावट आएको हो।

कम्पनीले सन् २०२२ को पहिलो ३ महिनामा २५ लाख सब्सक्राइबर थप गर्ने उदेश्य लियता पनि विभिध कारणले गर्दा उल्टै प्रयोगकर्ताहरु नै गुमाउने अवस्थामा Netflix पुगेको हो।

उता Netflix का सब्सक्राइबरको संख्यामा कमी आएको रिपोर्ट सार्वजनिक भएसँगै मंगलबार कम्पनीको शेयर मूलयमा २६ प्रतिशतको गिरावट आएको छ । जसका कारण कम्पनीले शेयर बजारबाट ४० अर्ब डलर गुमाएको छ ।

जनावारिको रिपोर्ट अनुसार यसको सब्सक्राइबरको वृद्धिदर सुस्त हुने बताइएको थियो जसका कारण यसले कुल बजार मुल्यको आधा रकम गुमाईसकेको छ।

सब्स्क्राइबर तथा प्रयोगकर्ताहरुको सङ्ख्यामा गिरावट आए सँगै उक्त सङ्ख्यामा बृद्दी गर्नका निमित्त कम्पनीले विभिन्न प्रकारका सस्ता प्याकेजहरु उपलब्ध गराउने रणनीति बनाउन थालेको छ।

यो पनि पढ्नुहोस्

राजेन्द्र महतोको फेसबुक ह्याक: प्राविधिक ज्ञान नहुँदा दुख पाउने धेरै !


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको