एजेन्सी । पछिल्लो समय इन्टरनेटको प्रयोगकर्ता अत्याधिक बढिरहेको छ । सेवा प्रदायक कम्पनिले सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर स्पीड कम गर्ने गर्दछ ।
सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पीड दिएको वा नदिएको जानकारी हामी केही सेकेण्डमै लगाउन सक्छौं । त्यसको लागि यसो गर्नुहोस्:
ओकला स्पीडटेस्टले सर्भर र डिभाइसको बिचमा डेटा ट्रान्सफर हुन कति समय लाग्छ भनेर थाहा पाउन मद्दत पुर्याउँछ । यसलाई प्रयोग गर्दा हरेक पटक वेबसाइटबाट कति स्पीडको नेट आइरहेको छ भन्ने कुराको जानकारी लिन सकिन्छ ।
यसमा गएर गो बटन मात्रै थिच्नुपर्दछ । एक पटक मात्रै भन्दा पनि पटकपटक जाँच गर्नुपर्दछ । त्यसपछि अन्त्यमा रिजल्ट लिङ्कमा थिच्न सकिन्छ ।