७ चैत्र २०७९, मंगलवार

पाई मोडेलको स्मार्ट फोन लन्च गर्दै टेस्ला !



एजेन्सी । बहुचर्चित धनाड्य व्यक्ति एलन मस्कको गाडी र क्लिन इनर्जी कम्पनी टेस्लाले आधिकारीक रुपमा पाई मोडेलको स्मार्ट फोन लन्च गर्ने बताएको छ । यद्यपी, कम्पनिले पाई स्मार्ट फोन कहिले लन्च गर्ने भन्नेबारे स्पष्ट धारणा व्यक्त्त गरेको छैन तर, भित्रिरुपमा यसको लागि काम भइरहेको अफवाह विभिन्न स्रोतहरुमा देख्न सकिन्छ ।

उक्त्त मोडलको स्मार्ट फोनमा स्टारलिंक टेक्नोलोजीको प्रयोग हुने समेत चर्चा छ। जुन टेक्नोलोजीले उक्त्त फोनलाई पृथ्वीमा मात्र नभएर मंगल ग्रहमा समेत चलाउन सक्ने बनाउने छ ।

स्टारलिंक टेक्नोलोजी प्रयोग गरिने भनिएको उक्त्त फोन बजारमा आए यसले स्मार्ट फोन को पुस्तालाई अर्को पुस्तामा पुर्याउने विश्वास लिइएको छ । उक्त्त टेक्नेलोजीले परम्परागत वाईफाई वा 5G नचल्ने ठाँउमा समेत सजिलै काम गर्ने सामर्थ्य राख्छ भने पूथ्वीमा स्याटलाइटहरु तल्लो कक्षमा प्रक्षेपण हुने भएकाले ईन्टरनेट को गति एकदम छिटो हुनेछ ।

यस मोडलको फोनमा ४ वटा क्यामेरा, सोलार चार्जिङ क्षमता र भविष्यमा रगं परिवर्तन गर्न सकिने क्षमता भएको समेत हल्ला छ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५