नयाँ कम्प्युटर किनेको केहि समय पछि हाम्रो कम्प्युटरले बिस्तारै यसको प्रदर्शन घटाउन थाल्छ, जुन वास्तवमै निराशाजनक छ। आखिर कसलाई ढिलो कम्प्युटरमा काम गर्न मन पर्छर? यस्तो राम्रो मर्मतसम्भार राख्दा पनि कम्प्युटरको कार्यसम्पादन सुस्त भएको देख्दा अचम्म लाग्छ। यदि तपाई कोही हुनुहुन्छ जो लगातार ‘कसरी पीसीको कार्यसम्पादन बढाउने?’ भनेर गुगल गरिरहनु हुन्छ भने यो लेख मार्फत जानुहोस् र तपाईंले समाधान पाउनुहुनेछ।
धेरै जसो प्रयोगकर्ताहरू Windows 10 अपरेटिङ सिस्टममा आधारित हुनाले, हामी तपाईंलाई प्रक्रियामा मार्गदर्शन गर्नको लागि Windows 10 लाई सन्दर्भको रूपमा लिनेछौं। केही प्राविधिक अपरेसनहरूबाट हामी हाम्रो कम्प्युटरको कार्यसम्पादनलाई गति दिन सक्छौं। साथै, पाठकहरूलाई भारी प्राविधिक प्रक्रिया बुझ्न गाह्रो हुन सक्छ त्यसैले हामीले सबै कुरा स्पष्ट, बुझ्न योग्य र सरल राखेका छौं। तपाइँ कम्प्यूटरमा एक विशेषज्ञ हुनु पर्दैन, आधारभूत कम्प्युटर ज्ञान भएको व्यक्तिले पनि प्रक्रिया सजिलै बुझ्न सक्नुहुन्छ।
१. अनावाश्यक स्टार्ट-अप प्रोग्रामहरु डिसेबल गर्नुहोस,
२. कम्प्युटरमा भएका अनावश्यक प्रोग्रामहरु हटाउनुहोस्,
३. अस्थायी (temp) फाइलहरू मेटाउनुहोस्,
४. डिस्क क्लिन गर्नुहोस,
५. कम्प्युटरको सिस्टम डिस्कलाई जति सक्दो खालि राख्नुहोस।
उक्त चरणहरु हामीले टेक कागज ‘Tech Tips’ मा भिडियो सामाग्री तयार गरेर बुझाउने कोशिष गरेका छौं, हेरेर भरपुर फाइदा लिनुहोला।