© 2021-2024
एचएमडी ग्लोबल, नोकिया ब्रान्डको मालिकले अमेरिकाको एन्ट्री-लेभल स्मार्टफोन बजारमा तरंग ल्याउन तयारि गरेका छन । गत बुधबार एचएमडीले सन् २०२२ मा नोकियाले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ। नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ।
यसका साथै एचएमडी ग्लोबलले यो वर्ष डिश वायरलेस र उपभोक्ता सेलुलरले नोकिया फोनहरू बोक्ने समेत घोषणा गरेको छ। मोबाइलको विषयमा सबै जानकारी उपलब्ध नगराए पनि २०२२ भित्र यी सबै फोन अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ। सार्वजनिकको तयारीमा रहेका पाँच फोनमध्ये एक हो ‘नोकिया जी ४००’ जुन सार्वजनिक हुने फोनमध्ये एउटै मात्र फाइभजी सपोर्ट गर्ने फोन हो।
यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरासहित ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा उपलब्ध हुनेछ । ५००० एमएएचको ब्याट्री उपलब्ध फोनमा १२० हर्जको रिफ्रेस रेटसहितको ६.६ इन्चको डिस्प्ले हुनुका साथै यो फोनको मूल्य भने २३९ डलर (करिब २८ हजार ५०० रुपैयाँ) हुने अनुमान गरिएको छ ।
सार्वजनिक हुने पाँच फोन मध्ये सबैभन्दा आकर्षणको विषय हो, ‘नोकिया २७६० फ्लिप फोन’ । नोकियाकै पुरानो फोनको डिजाइन दिइएको यो फोन भने बजारमा ७९ डलर अर्थात् करिब १० हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले बताएको छ ।