बजारमा धेरै पावर बैंकहरू उपलब्ध छन्, जुन सस्तो मूल्यमा पनि किन्न सकिन्छ। बजारमा रहेका अधिकांश पावर बैंकको क्षमता १०,००० एम.ए.एच रहेको छ।
चीनमा केही दिनअघि म्यानुअल गिरोहको नाममा एक युवाले आफ्नो पछिल्लो आविष्कारको रूपमा २७ मिलियन एम.ए.एच को सुपर लार्ज पावर बैंक अनावरण गरेका छन् ।
यी युवाका अनुसार यो ठूलो पावर बैंकले ३००० एम.ए.एच ब्याट्रीसहित ५ हजार स्मार्टफोन फुल चार्ज गर्न सक्ने बताएका छन् । यो पावर बैंकमा कुल ६० चार्जिङ पोर्ट रहेको छ ।
यो डिभाइसले एकै समयमा धेरै मोबाइल चार्ज गर्नुका साथै पावर बैंक र नोटबुक पनि चार्ज गर्न सक्ने र यसबाट टेलिभिजन, वाशिंग मेसिन र राइस कुकरका लागि पनि पावर उपलब्ध गराउने युवाले जानकारी दिएका छन् ।
डिजाइनरले यो विशाल पावर बैंकको साइजको बारेमा कुनै आधिकारिक जानकारी भने दिएको छैन। यद्यपि, हामी तस्विरबाट यो उपकरण लगभग ६ फिट लामो र ८ फिट चौडा रहेको अनुमान लगाउन सकिन्छ ।
पावर बैंकले विश्वको सबैभन्दा ठूलो सञ्चालित पावर बैंकको रुपमा सजिलै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने अपेक्षा गरिएको छ ।