९ चैत्र २०७९, बिहीबार

मोबाइल बैङ्किङ्ग प्रति बढ्दो आकर्षण, कस्तो छ भविष्य ?



मोबाइल बैङ्किङ्गको भविष्य

हाल देश विदेशमा मोबाइल बैङ्किङको व्यापकता निकै बढ्दै गैरहेको छ। यही व्यापकतालाई मूल्याङ्कन गर्ने हो भने नजिककै भविष्यमा हातमा मोबाइल हुने हर एकसँग मोबाइल बैङ्किङको सुविधा नहोला भन्न सकिन्न। खर्चको तथ्याङ्क, क्यासब्याक, पैसा बाँडफाँड, वेयरेबलका लागि एप्स जस्ता विशेष सेवाहरू पाउने भएकाले पनि मोबाइल बैङ्किङको भविष्य सुरक्षित देखिन्छ। आज यसकै कारणले हरेक मोबाइल बैङ्किङ युजर लाई पर्स बोक्ने, चोरी हुने झन्झटबाट पनि उन्मुक्ति मिलेको छ।

मे २०११ मा, आरबीएसले आइओएसको लागि आफ्नो पहिलो मोबाइल बैंकिंग एप सुरु गरेको थियो। छ महिनाको दौडानमा यसले दस लाख सक्रिय प्रयोगकर्ताहरूबाट यस एपमार्फत १ अरब पाउन्डको ट्रान्जेक्सन भएपछि यसै बाट प्रेरित भई पछिल्ला केही वर्षमा अधिकांश विश्व बैङ्कले आफ्नो एप्स जारी गरेका छन्।

अहिले प्रायः सबै बैङ्कमा मोबाइल एप छ। ग्याजेटमा हुर्काइएको पुस्ताको लागि यो पक्कै पनि जरुरी छ। मानिसहरू आफ्नो पैसा छिटो र सुरक्षित ढङ्गमा चलाउन चाहन्छन्। मोबाइल विकास बैङ्किङको एउटा आशाजनक क्षेत्र हो। यदि यसलाई अझै सहज, सुगम, सरल र सुरक्षित बनाउने हो भने ठुलै जनसङ्ख्या मोबाइल बैङ्किङ तर्फ आकर्षित हुने निश्चित छ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः