© 2021-2024
ए.एम.डि ले यसको Ryzen 6000 सिरिजका ल्यापटप प्रोसेसरहरू अनावरण गरेको छ, यसले गेमिङ ल्यापटपहरू समावेश गर्दै मानिसहरूले अपेक्षा गरेको भन्दा पातलो र पोर्टेबल ल्यापटप डिजाईन गरेको छ।
कम्पनीका अनुसार, क्रेताहरू गेमिंग सेग्मेण्टमा पनि १८ mm भन्दा कम मोटाइका मोडलहरूतर्फ झुकेका छन्। Ryzen 5000 सिरिजले ओ.ए.एम लाई त्यस्ता मोडेलहरू डिजाइन गर्न अनुमति दिएका कारण यसले विगत केही वर्षहरूमा गेमिङ ल्यापटपहरूमा ३५ प्रतिशत मार्केट शेयर हासिल गरेको छ ।
नयाँ Ryzen 6000 सिरिजका CPU ले पावर इफिसेंसी र प्रदर्शन घनत्वलाई अधिकतम बनाउने, अघिल्लो पुस्ताको तुलनामा अझ कम्प्याक्ट र राम्रो प्रदर्शन गर्ने ल्यापटपहरूलाई प्राथमिकता दिने भनिएको छ।