Trending:

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन आईटी प्लाजामा ८० प्रतिशत छुट र लक्की ड्र जित्ने मौका: महोत्सवको शुरुवात नेपाल टेलिकमको आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्नुस् डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, अन्तर्राष्ट्रिय सेवा विस्तारको तयारी काठमाडौंमा युबुकन एसिया २०२५ आयोजना हुने मे महिनादेखि स्काइप बन्द
टेक्नोलोजी

नेपाली समाजमा सामाजिक सञ्जालको महत्त्व र बढ्दो चुनौती !

नेपाली समाजमा सामाजिक सञ्जालको महत्त्व र बढ्दो चुनौती !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

केही समययता देखि नेपाली समाजमा फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरूको प्रयोग उग्र रूपमा बढ्दै गएको पाइन्छ तर कति प्रतिशत प्रयोगकर्ताहरूले यसको सही सदुपयोग गरेका होलान् त ?

सामाजिक सञ्जाल विशेषतः सूचना तथा सञ्चार को माध्यमको रूपमा चिनिन्छ यसको अलावा मनोरञ्जन र कला साहित्य प्रदर्शनी तथा प्रकाश सपुतको पिर गीतमा भनेजस्तो पिर बिसाउने चौतारीको रूपमा समेत प्रयोग हुने गरेको पाइन्छ।

संसारको जुनसुकै कुनामा हुने गरेका घटनाहरू बारे सहजै थाहा पाउन र भौतिक  दुरीका आधारमा टाढा रहेका आफ्ना आफ़न्तजनहरु सँग माया र सद्भाव साटासाट गर्न पनि सञ्जालको प्रयोग गरिन्छ। त्यति मात्रै हैन कसैलाई दुख पर्दा सहयोग र सहानुभूतिका लागि पनि नेपाली समाजमा सञ्जालले महत्त्वपूर्ण भूमिका खेलेको छ, धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डोनेसन को कार्यक्रम देखि राष्ट्रिय आविष्कार केन्द्रमा सहयोग गर्ने लगायतका उत्कृष्ट क्रियाकलापहरू पनि यसै प्लेटफर्म बाट हुने गरेका छन्। कला साहित्यमा कलम चलाउने हरूलाई पनि सञ्जालले मनग्य टेवा पुर्‍याएको छ यसबाटै उनीहरू आफ्नो कला श्रोता तथा दर्शक सामु पुर्‍याएर माया बटुल्ने गरेका छन्। त्यसै गरी अध्ययन तथा अनुसन्धानमा लाग्नेहरूका लागि त झनै तथ्यको खानि साबित भएका छन् युट्युब तथा क्योरा जस्ता सञ्जालहरू।

सञ्जालले यस्ता विविध क्षेत्र बाहेक राजनीतिक क्षेत्रमा झनै वर्चस्व कायम गरेको छ, सरकारी कदमहरूको समर्थन वा विरोध सबैभन्दा पहिला सञ्जाल बाटै सुरु हुने गरेका छन्। एक सर्वसाधारणले आफूलाई मन नपरेको कुरा खुलेर कमेन्ट वा पोस्ट गरेर दबाब दिन सक्ने अवसर सञ्जालले प्रदान गरेको कुरा नकार्न सकिँदैन, सर्वसाधारण मात्रै हैन संसद्मै पहुँच भएका सांसद, मन्त्री, प्रधानमन्त्री तथा राजनीतिक विश्लेषकहरूले समेत सञ्जाललाई नै आफ्नो पहिलो हतियार बनाएको पाइन्छ।

घाटा पनि होलान् त सञ्जालका ?

संसारका सबै खाले चिजहरूको गुण अवगुण दुवै हुन्छन् तर कुनलाई प्राथमिकतामा राख्ने भन्ने कन्ट्रोल हामीहरूमै हुन्छ। सामाजिक सञ्जालले मानिसको गोपनीयता त उदाङ्गो पारेको छ नै यसकै माध्यमबाट चोरी डकैती र लुटपाटका काण्डहरू पनि बढ्दो सङ्ख्यामा छन्। फेसबुक तथा इन्स्टाग्राम जस्ता संजालाहरुमा फेक आइडी बनाएर ठग्ने, ब्लाकमेल गर्ने जस्ता काण्डहरू त आजका दिनमा कयौँ भेटिन थालेका छन्।  सञ्जालमै भुल्ने रहरमा एउटी आमाले आफ्ना बच्चाको स्याहार सुसार गर्न भुलेकी छिन, एउटा बाबुले आफ्ना बच्चाको हेरचाह गर्न भुलेका छन्। त्यति मात्रै हैन  आजकाल किशोर किशोरीहरू पढ्ने र भौतिक खेलहरू खेलेर स्वस्थ रहनुपर्ने उमेरमा अपरिचित व्याक्तिहरुसंगको च्याटिङ्ग र फ्री फाएर पब्जी जस्ता खेलहरूमा अस्वाभाविक रूपमा झुलेर आफ्नो सामाजिक दायित्व समेत भुल्न थालिसकेका छन्।

सानो देखि ठुलो उमेर समूहका मानिसहरू सामाजिक सञ्जालकै कारण परिवारमा समय बिताउन छोडिसकेका छन्, उनीहरू सञ्जालमै घोरिइरहने र असामाजिक बन्दै जाने प्रचलन बढ्दो छ जुन आपत्तिजनक कुरा हो। अझ किशोर किशोरीहरू त असामाजिक मात्रै बनेका छैनन् कहिल्यै नचिनेका नदेखेका मानिसहरू सँगको छोटो चिनजान र कुराकानीमै आफूहरू नाङ्गिन तयार हुने गरेका छन् जसले गर्दा ब्ल्याकमेलिङ, ठगी र आत्महत्याको सङ्ख्या ह्वात्तै बढेको छ।

कोभिडका कारण अझ बढेको सञ्जाल प्रयोगकर्ताको उक्त सङ्ख्यामा बुद्धिमानी तथा विवेकी प्रयोगकर्ताहरूको सङ्ख्या भने एकदमै न्यून छ।  रमाइलो र ख्याल ठट्टामा रमाउन बानी परेका हामी आफूले प्रयोग गरेका शब्दहरूले अरूलाई मानसिक तथा भावनात्मक रूपमा कत्तिको चोट पुर्‍याउँछ विचारै नगरी उग्र रूपमा विरोध वा समर्थनमा उत्रिन्छौ यसको ज्वलन्त उदाहरण हो अहिले चल्दै गरेको पल समीक्षा काण्ड।

राजनैतिक दाउपेचका कारण ठुला मानिने बुज्रुक व्यक्तिहरूले समेत संजालामै आफ्नो मर्यादाको ख्यालै नराखी अपाच्य शब्दहरू प्रयोग गर्ने गरेका छन् जसका कारण समाजमा जातीय, धार्मिक तथा लैङ्गिक कलह उत्पन्नको खतरा बढेको छ। खाउन्जेल मिलेर खाने र गर्ने बेलामा एकर्कामा दोषारोपण गरेर बस्ने देशको राजनैतिक परम्पराले सञ्जाल ढपक्कै ढाकेको छ।  राजनैतिक व्यक्तित्व मात्रै हैन देशका पब्लिक फिगरहरु समेत मर्यादामा नबस्दा उनीहरूका अनुयायीहरूमा नराम्रो छाप परेको छ।

तसर्थ समाजमा अवस्थित विभिन्न प्रकारका मुद्दाहरूमा सञ्जालको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ यसको दुरुपयोगले मानिसलाई मानसिक, शारीरिक तथा भावनात्मक पिँडा दिन्छ भने सही सदुपयोग गर्न सके यसैले विश्वव्यापी ज्ञान प्रदान गर्नुका साथै मानिसलाई विचार बहसको माध्यमबाट एक असल र जिम्मेवार नागरिक बनाउन पनि मद्दत गर्नेछ, के गर्ने छनोट तपाईँको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?