१२ मंसिर २०७९, सोमबार

Logo

रुसमा Spotify का स्ट्रिमिङ्ग सेवाहरु प्रतिबन्ध !



रुसले नाटकीय रुपमा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाएको भन्दै spotify ले आफ्ना स्ट्रिमिङ्ग सेवाहरुमा रुसको पहुँच बन्द गर्ने भएको छ।

मार्चको पहिलो हप्तामा रुसी सरकारले युक्रेनमा रुसी क्रियाकलापहरु बारे झुटो जानकारीहरु प्रसारण गर्नेलाई अपराधीकरण गर्ने नयाँ कानुन समेत पास गरेको छ। उक्त कानुनले सेनालाई कमजोर बनाउने किसिमका जानकारी तथा “युद्द” शब्द प्रयोग गर्नेलाई सजाय दिलाउने निर्णय गरेको थियो।

CNN, ABC र BBC लगायत पश्चिमी समाचार आउटलेटहरूले 15 वर्षको जेल सजाय हुन सक्ने कानुनको प्रतिक्रियामा रूस भित्र आफ्ना सामाग्रीहरु प्रसारण गरेका थिए। Spotify मुख्य रूपमा एक संगीत स्त्रिमिंग प्लेटफर्म हो तर कम्पनीले राजनीति र वर्तमान घटनाहरू समावेश गर्ने पोडकास्टहरूमा लगानी बढाएका कारण पनि उक्त प्लेटफर्म विवादमा परिसकेको छ।

spotify का प्रवक्ताका अनुसार यसले रुसी क्षेत्रमा विश्वसनीय र स्वतन्त्र समाचार तथा जानकारी प्रदान गर्न सदैव प्रयास गर्नेछ।

“दुर्भाग्यवश, भर्खरै लागू गरिएको कानूनले सूचनाको पहुँचलाई थप प्रतिबन्ध लगाउने, स्वतन्त्र अभिव्यक्तिलाई हटाउने र केही प्रकारका समाचारहरूलाई अपराधीकरण गर्ने कार्यले Spotify का कर्मचारीहरूको सुरक्षा र सम्भवतः यसका श्रोताहरूलाई पनि जोखिममा राख्ने उनको भनाई छ।

विभिन्न पक्षहरुमा विचार गरिसकेपछि, Spotify ले रूसमा आफ्नो सेवा “पूर्ण रूपमा निलम्बन” गर्ने भएको हो, यस अघि यसले आफ्नो प्रिमियम सदस्यताको सेवा प्रतिबन्ध गरे पनि निशुल्क सेवा भने उपलब्ध थियो।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन