१२ मंसिर २०७९, सोमबार

Logo

चर्चित धनाढ्य व्यक्ति एलन ट्विट्टरको निर्देशक बोर्डमा !



एलन ट्विट्टरको निर्देशक बोर्डमा

हालै  ट्विटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गरे/नगरेको विषयमा ट्विटरमा मत सर्वेक्षण गरेका चर्चित धनाढ्य व्यक्ति एलन ट्विट्टरको निर्देशक बोर्डमा मनोनीत हुने भएका छन्।

सर्वेक्षणमा बहुसङ्ख्यक रूपमा ट्विटर किन्ने सुझाव पाएका मस्क ले ट्विट्टरको ९.२ प्रतिशत शेयर किने सँगै निर्देशक बोर्डमा मनोनीत हुने भएका हुन्। ९.२ प्रतिशतको शेयर एकल व्यक्तिले पाएको ट्विट्टरको सबैभन्दा धेरै शेयर हो, यस सँगै ट्विट्टरको सबैभन्दा ठुलो शेयर होल्डर बनेका छन् मस्क।

विश्लेषकहरूले एलन मस्क ले ट्विटर कम्पनी नै खरिद गर्ने अनुमान गरेता पनि उनले कम्पनी नै खरिद भने गरेनन् बरु आफूले पनि यसकै शेयर किनेर यसको हिस्सा बन्न पुगे।

ट्विटरको निर्देशक बोर्डको सदस्य बनेसँगै अब मस्क ले कम्पनीको १४.९ प्रतिशत भन्दा धेरै साधारण शेयर शेयर खरिद गर्न पाउने छैनन् ।

ट्विटरका सिइओ पराग अग्रवालले मस्क को मनोनयनका बारेमा ट्विट गर्दै भनेका छन्– एलन मस्क लाई हाम्रो बोर्डमा मनोनयन गर्न गइरहेको कुरा बताउन पाउँदा हामी उत्साहित छौँ । उनी धैर्यवान् विश्वासकर्ता र प्रदत्त सेवाका विषयमा कठोर आलोचक पनि हुन् जसको हामीलाई ट्विटरमा खाँचो छ । यसले हामीलाई दीर्घकालमा झनै बलियो बनाउनेछ ।

ट्विटरको ७ करोड ३५ लाख कित्ता शेयर किनेर सबैभन्दा ठुलो शेयर होल्डर बनेसँगै सोमबार उनले ट्विटरमा बहुप्रतिक्षित Edit बटन राख्नु आवश्यक रहे/नरहेको प्रश्न गर्दै अर्को मतसर्वेक्षण राखे । चर्चित धनाढ्य व्यक्ति एलन ट्विट्टरको निर्देशक बोर्डमा मनोनित हुने खबर संगै विश्वभर विभिन्न प्रकारले व्यख्या गर्न थालिएको छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन