२१ मंसिर २०७९, बुधबार

Logo

एलन मस्क ट्विट्टर सँग असन्तुस्ट, आफ्नै सोसल मिडिया सुरु गर्न सक्ने !



विश्वका चर्चित तथा धनाढ्य व्यक्ति एलन मस्क र ट्विटर बिच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच सुरु भएको छ।

ट्विट्टरले पूर्ण रूपमा वाक स्वतन्त्रता लाई मान्यता नदेको आरोप लगाउँदै आएका मस्कले गत हप्ता ट्विट्टरमै एक ट्विट गरेका थिए जसमा उनले प्रयोगकर्ताहरूको ट्विट्टरको वाक स्वतन्त्रता प्रतिको धारणा बुझेका थिए।

धारणा बुझ्न गरेको ट्विटमा ७० प्रतिशत भन्दा बढीले ट्विट्टरले वाक स्वतन्त्रताको सिद्धान्तलाई पूर्ण रूपमा पालना नगरेको धारणा व्यक्त गरेका थिए।  यस सँगै पछिल्लो समय ट्विट्टरको एल्गोरिदम प्रति प्रश्न उठाउँदै आएका मस्कले आफ्नै नयाँ सोसल मिडिया सुरु गर्ने चर्चा समेत चल्न थालेको छ।

मस्कको उक्त ट्विटपछि उनका साथी प्रनय प्याथोलले  के तपाईँ वाक स्वतन्त्रतालाई प्राथमिकता दिने र निकै कम प्रोपोगाण्डा फैलाउने एक प्लेटफर्म सुरुवात गर्दै हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा ‘आफूले यो विषयमा गम्भीर रहेको मस्कले बताएका छन् ।

ट्विटर मात्रै नभएर फेसबुक, इन्स्टाग्राम जस्ता सोसल मिडियाको एल्गोरिदमलाई लिएर पनि पटक पटक आलोचना हुने गरेको छ।  यसै सन्दर्भमा मस्ककै ट्विटमा कतिपयले त मस्कले आफ्नो सोसल मिडिया सुरु नगरेर ट्विटर नै किन्नुपर्ने सुझाव समेत सुझाएका छन्।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार