© 2021-2024
काठमाडौं। नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।
विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ।
स्पार्क ३० सी को सुरुवाती मूल्य १६,४९० रूपैयाँ (६/१२८ जीबी भेरियन्ट) र ८/२५६ जीबी भेरियन्टको मूल्य १९,९९० रूपैयाँ राखिएको छ। ३० सेप्टेम्बरदेखि अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ ।
सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ।
५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।