ट्विट्टरको पुरै स्वामित्व नपाए शेयर बेचेर आफ्नै संजाल शुरु गर्ने मस्कको चेतावनी रहेको छ ।
हालसालै ट्विट्टरको ९.२ प्रतिशत शेयर खरिद गरेर ट्विट्टरको सबैभन्दा ठुलो शेयर होल्डर बनेका विश्वकै चर्चित तथा धनाड्य व्यक्ति एलन मस्कले ट्विट्टरको पुरै स्वामित्व लिनका लागि ४१ अर्व ४० करोड अमेरिकी डलरको प्रस्ताब गरेका छन्। कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेख्दै उनले यसो भनेका हुन्।
कम्पनीको ९.२ प्रतिशत शेयर किनेका उनलाइ निर्देशक बोर्डमा बस्न समेत प्रस्ताब गरिएको थियो, बाँकी ९०.८ प्रतिशत शेयरलाई उनि ४१ अर्ब ४० करोड तिर्न तयार भएका हुन्।
I made an offer https://t.co/VvreuPMeLu
— Elon Musk (@elonmusk) April 14, 2022
यस अनुसार हेर्दा ट्विट्टरको प्रति कित्ता झन्डै ५४.२ डलर पर्ने देखिएको छ जुन स्टक मार्केटमा उनले दुई हप्ताअघि किनेको मूल्यभन्दा ३८ प्रतिशतले धेरै हो।
आफ्नै सामाजीक संजाल शुरु गर्ने बारे गम्भीर रहेका मस्कले उक्त प्रस्ताव राम्रो भएको सुझाएका छन्। प्रस्ताव अस्विकार गरे आफ्नो शेयर बेच्ने सम्मको चेतावनी दिएका छन्, पुरै स्वामित्व नपाए भएको शेयर पनि बेचेर नयाँ सामाजीक संजाल शुरु गर्ने उनको उदेश्य छ।