फेसबुक इन्स्टाग्राम जस्ता एपहरुलाई पछि पार्दै सबैभन्दा बढी डाउनलोड गरिएको एप बन्यो TikTok ।
सेन्सर टावरका अनुसार अहिले सम्म कुल ३.५ बिलियन डाउनलोडको साथ २०२२ को पहिलो तीन महिनामा TikTok सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ।
छोटा र सन्देशमूलक तथा मनोरञ्जनात्मक भिडियो शेयरिङ् प्लेटफर्मका रूपमा परिचित एप टिकटक ३.५ बिलियन डाउनलोड सहित पहिलो स्थानमा पुग्न सफल भएको हो। १५ सेकेन्डको भिडियो राख्न मिल्ने सुविधा देखि सुरु भएको उक्त एपको यात्रा आज सम्म आइपुग्दा ५ मिनेट लामो भिडियो राख्न सकिने सम्ममा आइपुगेको छ।
लाइभ बस्दा गिफ्ट मार्फत राम्रो कमाई हुने, थकित भएको बेला मनोरञ्जन लिन सकिने तथा ज्ञानका कुराहरू समेत पाइने भएकाले पछिल्ला दिनहरूमा टिकटकको लोकप्रियता बढ्दो छ।
टिकटक पहिलो बने सँगै विगतमा पहिलो स्थानमा रहेका फेसबुक इन्स्टाग्राम जस्ता एपहरू भने दोस्रो, तेस्रो हुँदै टिकटकको तुलनामा कम डाउनलोड हुनेमा पर्न गएका छन्।
सन् २०२२ को पहिलो महिनामा गरेको सर्वेक्षण अनुसार सन् २०२१ का सबैभन्दा बढी डाउनलोड भएका १० एप तथा तिनीहरूको डाउनलोड सङ्ख्या यस प्रकार छ।
१.टिकटक – ६५६ मिलियन
२. इन्स्टाग्राम – ५४५ मिलियन
३. फेसबुक – ४१६ मिलियन
४. व्हाट्सएप – ३९५ मिलियन
५. टेलिग्राम – ३२९ मिलियन
६. स्न्याप्च्याट – ३२७मिलियन
७. जुम – ३०० मिलियन
८. मेसेन्जर – २६८ मिलियन
९. क्याप कट – २५५ मिलियन
१०. स्पोटिफ़ाइ – २०३ मिलियन
यस सँगै क्लाउडफेयरले समेत सबैभन्दा बढी खोजिएको सामाग्रीको रुपमा गुगललाई हटाउँदै सबैभन्दा बढी डाउनलोड गरिएको एप TikTok लाई राखेको पाईएको छ ।