२५ माघ २०७९, बुधबार

Logo

क्रोम ब्राउजर तुरुन्तै अपडेट नगरे खतरामा पर्न सक्ने चेतावनी !



ब्राउजर अपडेट

गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोममा थप सेक्युरिटी अपडेटहरू जारी गरे सँगै आफ्ना प्रयोगकर्ताहरूलाई ब्राउजर अपडेट गर्न आग्रह गरेको हो।

गुगल क्रोममा CVE-2022-1364 नामक एक बग फेला परेको थियो जसले गर्दा ३ अर्ब २० करोड प्रयोगकर्ताहरू सुरक्षा जोखिममा परेका थिए। गुगल क्रोममा देखा परेको उक्त बगले गर्दा प्रयोगकर्ताहरूको निजी तथा गोप्य जानकारीहरू चोरी गर्ने तथा खतरामा पार्न सक्ने भयावह अवस्थालाई मध्यनजर गर्दै गुगलले क्रोमका लागि आपत्कालीन अपडेट जारी गरेको छ। अपडेटले उक्त बाग समाप्त गरी खतरा टारेको समेत जानकारी दिएको छ।

सुरक्षा अपडेट जारी गरे सँगै गुगलले क्रोमका प्रयोगकर्ताहरूलाई ब्राउजर अपडेट गरिहाल्न पनि अनुरोध गरेको छ। भाइरस/बग निस्तेज पारेसँगै गुगलले क्रोमको १००.०.४८९६.१२७ भर्सन पनि जारी गरेको छ । यो संस्करण विन्डोज, म्याक र लिनक्स तीन वटै प्लेटफर्मका लागि हो ।

गुगलले जारी गरेको अपडेट आफैँ अपडेट नहुने भएकाले यस्तो सुरक्षा खतरा बाट बच्नका निमित्त तुरुन्तै आफ्नो क्रोम ब्राउजरको About खण्डमा गएर अपडेट उपलब्ध भए नभएको हेरी उपलब्ध भए अपडेट गरिहाल्न अनुरोध गरेको छ।

Privacy and Security खण्डमा गई हेर्दा यदि कुनै ब्राउजर अपडेट उपलब्ध भएको नदेखिए उक्त ब्राउजरबाट कुनै सामाजिक सञ्जालका खाताहरू नखोल्न समेत गुगलले आग्रह गरेको छ। यद्यपि अपडेट गरिसकिएको हुनाले अपडेटको उपलब्धता देखाउने उनीहरूको भनाई छ।

यो पनि पढ्नुहोस्

फोन धेरै ताते के गर्ने ?


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट