Trending:

बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
अपडेट

CodeFest 2022 को प्रादेशिक प्रतिस्पर्धा रोचक, फाइनलको तयारी सम्पन्न !

CodeFest 2022 को प्रादेशिक प्रतिस्पर्धा रोचक, फाइनलको तयारी सम्पन्न !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

CodeFest 2022 को प्रादेशिक प्रतिस्पर्धा रोचक तथा उत्साहका साथ् सम्पन्न भएसंगै फाइनलको तयारी तिव्र भएको छ।

स्थापनाकाल देखिनै देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको कोड फर चेन्जले “CodeFest” नामक राष्ट्रिय स्तरको ह्याकाथोनको प्रादेशिक प्रतिस्पर्धा उत्साहपूर्ण ढङ्गले सम्पन्न गरेको छ।

CodeFest 2022 नेपालमा हुँदै गरेको सबैभन्दा ठुलो ह्यकाथोन हो, जसले आइटिका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य लिएको थियो।

उद्देश्य प्राप्तिका लागि कडा मिहेनतका साथ काम गर्दै कोड फर चेन्जले प्रादेशिक र राष्ट्रिय गरी दुई चरणमा छुट्टाएको उक्त ह्याकाथोनको प्रादेशिक चरण भने सफलतापूर्वक सम्पन्न गरेको छ। कोड फर चेन्जको दक्ष मानव संसाधनले बनाएको योजना र कार्यनीति अनुरूप आवश्यक आर्थिक तथा अन्य सहयोग भने ज्योति विकास बैङ्क, जिनिस क्लाउड एकेडेमी लगायतका सङ्घ संस्था तथा कलेजहरूले गरेका छन्।

आयोजकले अप्रिल १४ देखि २१ सम्मको अन्तरालमा ७ वटै प्रदेशमा भौतिक तथा भर्चुअल रूपमा प्रादेशिक प्रतिस्पर्धा सम्पन्न गर्दै विभिन्न ८ टिमहरूलाई फाइनल प्रतिस्पर्धामा ल्याइपुर्‍याएको छ। प्रादेशिक प्रतिस्पर्धामा प्रदेश १ बाट ११ टिम, मधेस प्रदेश बाट ५ टिम, बागमती प्रदेश बाट ४३ टिम, गण्डकी प्रदेश बाट ९ टिम, लुम्बिनी प्रदेश बाट १८ टिम, कर्णाली प्रदेश बाट २ टिम र सुदूरपश्चिम प्रदेश बाट २ टिम गरी जम्मा ९० फरक टिमहरू सहभागी थिए।

 

आयोजक टिमले फाइनल प्रतिस्पर्धा भने काठमाण्डौमा आयोजना गर्ने गरी तयारी गरिरहेको छ। फाइनल प्रतिस्पर्धा ८ फरक टिमहरू बिच २ दिनसम्म प्रतिस्पर्धा हुनेछ भने तेस्रो दिन उत्कृष्ट सहभागीहरु लाई प्रोत्साहन स्वरूप पुरस्कार वितरणको कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार दिगो विकासका ७ लक्षहरूमा आधारित रहेर आयोजना गरिएको CodeFest 2022 को फाइनल प्रतिस्पर्धा अप्रिल २८ र २९ गरी दुई दिन टेक्सास कलेजमा हुनेछ भने पुरस्कार वितरणको कार्यक्रम भने अप्रिल ३० मा नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा आयोजना गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?