© 2021-2024
विगत ५ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्जले यस वर्ष पनि अर्को एउटा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने भएको छ।
स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको छ।
वर्षे पिच्छे फेरिने यसको नेतृत्व र कार्यकारी टिमले सधैँ केही नयाँ र उपयोगी काम गरिरहेका हुन्छन् भने फरक किसिमका कार्यक्रमको माध्यम बाट गैर प्राविधिक मानिसहरूलाई समेत देशको कुना काप्चामा पुगेर प्रविधिको ज्ञान बाँडिरहेका हुन्छन्।
सन् २०१९ मा अन्तिम पटक ह्याकाथोन आयोजना गरेको कोड फर चेन्जले विगतका २ वर्ष कोभिडका कारण संयम रहनुपर्ने र भिडभाड गर्नु नहुने बाध्यताले भौतिक रूपमा सो कार्यक्रमले निरन्तरता नपाएको उक्त संस्थाका संस्थापक तथा परियोजना प्रमुख निराजन कठायत बताउनुहुन्छ।
उहाँका अनुसार ह्याकाथोन हुन् नसक्दा पनि संस्था निष्क्रिय भने भएको थिएन, बरु झनै भर्चुअल रूपमा आफ्ना सदस्यहरूलाई विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्नमा उत्सुक रहेको थियो।
बिस्तारै सामान्य बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै कोड फर चेन्जले यस वर्ष भने “कोडफेस्ट” नामक राष्ट्रिय स्तरको ह्याकाथोन गर्ने योजना बनाइरहेको छ कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो ह्यकाथोन हो, जसले आइटिका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
कोडफेस्ट २०२२ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ। उक्त कार्यक्रम ७ दिगो विकासका लक्ष्यहरू (SDGs) वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने प्रारम्भिक जानकारी छ।
यो कोडफेस्ट नेपालका सात वटै प्रदेशमा मार्च र अप्रिल महिनासम्म प्रादेशिक र राष्ट्रिय स्तरमा हुँदै छ।