आउँदो वैशाख ९ र १० गते राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ। मधेस प्रदेशको संयोजकत्व, राष्ट्रिय युवा परिषदको आयोजना र विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालको सह-आयोजनमा उक्त सम्मेलन हुन लागेको हो।
तपाई संग कुनै अनुसन्धानात्मक परियोजना छ र उक्त परियोजना देखाउन चाहनुहुन्छ भने यो मंच तपाइको लागि सर्वोत्कृस्ट ठहरिने निश्चित छ।
युवा वैज्ञानिकहरूको पहिचानका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको आयोजक समितिले बताएको छ। ‘युवा वैज्ञानिकहरुको अभिलाषा तथा अनुसन्धान, नव-प्रवर्तन तथा उद्धमशिलताको लागि बिद्यमान सम्भाबनाहरुको यो सम्मेलनले पहिचान गर्ने अपेक्षा राखेको समितिको भनाई छ।
वैज्ञानिकहरूले कृषि र वन, भौतिक र रासायनिक विज्ञान, ईन्जिनियरिङ् र रोबोटिक्स, न्यानो र उदीयमान प्रविधि, पृथ्वी विज्ञान, जीवन र औषधि विज्ञान, कम्प्युटर र सूचना प्रविधि, ऊर्जा र वातावरण, र परम्परागत प्रविधिहरू जस्ता थिममा रहेर आफ्ना परियोजना प्रस्तुत गर्न सक्नेछन। सम्मेलनमा भाग लिनका लागि https://forms.gle/o6PiJLY5WRhJTJfK7 मा भोलि असार ४ सम्म फर्म भर्न सक्नुहुनेछ।
सम्मेलनमा प्रस्तुत भएका मध्ये एउटा उत्कृष्ट अनुसन्धान प्रस्तावकले एशिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन २०२२ भाग लिन पाउनेछन।
‘बैज्ञानीक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा शोधकर्ताहरू र विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा लागि परेका सिर्जनशिल युवालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारी ई-मेल ([email protected]) बाट प्राप्त गर्न सकिनेछ। भने सिधा आयोजकलाई ९८४७८३८९३०, ९८४९८५१६०६, र ९८५१११२१३७ मा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ।