१६ साउन, एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले एप स्टोरमा विज्ञापन राख्ने तयारी गरेको छ। एप स्टोरको टुडे सेक्सनमा विज्ञापन राख्ने तयारी गरिएको हो।
द भर्ज, म्याकरूमर्स, 9to5Mac र एप्पल इन्साइडरका अनुसार एप स्टोरको सर्च ट्याबमा २ वटा विज्ञापन देख्न सकिने सम्भावना रहेको छ। त्यसमध्ये एउटा सर्च ट्याब र अर्को सर्च रिजल्टमा देखिनेछ।
विज्ञापनको हेडलाइन ‘यु माइट अल्सो लाइक’ हुनसक्ने बताइएको छ। यी विज्ञापन जथाभावी नभएर प्रयोगकर्ताहरूले खोजेका एपसँगै मेल खाने अन्य एपहरूको हुने 9to5Macमा उल्लेख छ।
‘एप्पल सर्च विज्ञापनहरूले सबै आकारका विकासकर्ताहरूलाई उनीहरूको व्यवसाय बढाउन अवसरहरू प्रदान गर्दछ।’ एप्पलद्वारा जारी विज्ञप्ती उद्धृत गर्दै 9to5Mac र एप्पल इन्साइडरले भनेका छन्।
कम्पनीले चाँडै नै विज्ञापन परीक्षण गर्ने बताइएको छ।