Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

फोन धेरै ताते के गर्ने ?

फोन धेरै ताते के गर्ने ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२१ औँ शताब्दीसम्म आइपुग्दा हातमा स्मार्टफोन नभएका मान्छे सायदै देखिंदैनन स्मार्टफोन हुँदाका समस्या पनि झेल्नु पर्ने नै भयो, यसै क्रममा मानिसहरूले आफ्नो फोन तात्ने समस्या पनि भोग्दै आइरहेका छन्। फोन कल देखि दैनिक जीवनका हरेक कामहरू फोन बाटै गर्ने हुँदा फोन तात्नु सामान्य मानिन्छ यही समस्यालाई कम गर्नका निमित्त मानिसहरूले How to cool down phone ? भनेर गुगल जस्ता सर्च इन्जिनहरुमा खोज्ने गरेको पाइएको छ।

गर्मी बढे सँगै फोन तात्ने समस्याले झनै सताउने देखिएकोले सामान्य तरिकाले यो समस्याबाट मुक्ति कसरी पाउने त भनेर हामीले केही बुँदाहरू तल उल्लेख गरेका छौ जसले How to cool down phone भन्ने तपाइंको कौतुहल्तालाई साम्य गर्नेछ।

सकेसम्म ओरिजिनल चार्जर प्रयोग गर्नुस्।

स्मार्टफोनसँगै आउने चार्जर तथा यूएसबी बिग्रिएपछि हामी ओरिजिनल सामानको सट्टा सामान्य सामान प्रयोग गर्न थाल्छौँ। तर सस्ता सामानले डिभाइसहरूलाई बिगार्छन्। यिनीहरूले मोबाइल तताउने तथा विस्फोटको समस्या पनि ल्याउन सक्छ।

फोन सँगै आएको चार्जर बिग्रिने बित्तिकै हामी बजारमा पाइने सस्तो तथा गुणस्तरहीन चार्जर प्रयोग गर्छौँ जसले गर्दा फोनको ब्याट्रीको सन्तुलन बिग्रिई ब्याट्री पड्किने तथा फोन तात्ने समस्या सुरु हुन सक्छ।

फुल चार्ज भइसकेपछि धेरै बेर चार्जमा नराख्नू होस।

हामी कतिपयको बानी सुत्ने बेलामा फोन चार्जमा राख्दिने र उठे पछि झिक्ने हुन्छ तर यस्तो बानीले छोटो समयमा खास्सै फरक नपारे पनि निकट भविष्यमा भने असर पुर्‍याउने सम्भावना उच्च रहन्छ तसर्थ फोनमा ९५ प्रतिशत चार्ज भइसकेपछि झिक्ने बानी फोनको स्वास्थ्यका लागि लाभदायी प्रमाणित हुन सक्छ।

फोनको कभर गुणस्तरयुक्त राख्नुस्।

विशेष गरी झर्दा नफ़ुटोस र स्क्र्याच नहोस् भन्ने उद्देश्यका साथ प्रयोगकर्ताहरूले फोनमा कभर राख्ने गरेको पाइन्छ तर कभर राख्दा यसको गुणस्तर मापन नगर्ने भएकाले प्रोसेसिङ् को समयमा फोन तात्दा कभरले झनै तात्न मद्दत गर्छ तसर्थ फोन एकदमै धेरै तात्दा कभर झिकेर फोनलाई हावा चल्ने ठाउँमा राख्नु पनि बुद्धिमानी हुनसक्छ।

अनावश्यक एपहरू नराख्नुहोस्।

दैनिक जीवनमा चाहिने एपहरू एकदमै धेरै मात्रामा विकास हुने गरेको पाइन्छ तर सधैँ चाहिने भन्दा कहिलेकाहीँ मात्रै चाहिने एपहरू राखी हटाउने बानी नहुँदा यसले स्पेस खाने तथा ब्यकग्राउण्डमा प्रोसेस भइरहने भएकाले यस्ता एपहरूले पनि फोन तात्नमा मद्दत गर्छन् त्यसैले काम सकिएपछि सधैँ चाहिनराखने एपहरू हटाई हाल्ने बानी बसाल्नुपर्छ।

 

ब्राइटनेस मध्यम तथा लो राख्ने गर्नुस्।

सामान्यतया दिनको समयमा बाहिर हिँड्दा फोन चलाउने बानी हुनेले घाममा मोबाइलको स्क्रिन नदेखिएका कारण ब्राईटनेस बढाउने र त्यतिकै राख्ने हुनाले पनि अनावश्यक रूपमा फोन तात्ने समस्या आइपर्न सक्छ, ब्राइटनेस धेरै हुँदा आँखालाई पनि हानि पुर्‍याउने र तात्ने समस्यामा पनि थप सहयोग पुर्‍याउने भएकाले जतिसक्दो थोरै तथा अटो ब्राइटनेस अँ गर्ने बानी बसाल्नुपर्छ।

क्यामेराको प्रयोग आवश्यक मात्रामा गर्नुस्।

आजकालका स्मार्टफोनहरूको मुख्य विशेषता भनेको राम्रो फोटो खिच्ने पनि हो तर लामो समयसम्म फोटो तथा भिडियो खिचिरहने बानीले पनि फोनलाई तताउन सक्छ त्यसैले मान्छे राम्रो बनेर थोरै फोटा खिच्ने बानी बसाल्नुस् नाकी आफ्नो अनुहारको दोष क्यामेरालाई दिँदै धेरै फोटा खिच्ने।

अनावश्यक नोटिफ़िकेसनहरु बन्द गर्नुस्।

विभिन्न साइट तथा संजालाहरुको नोटिफ़िकेसन अन हुँदा समय समयमा फोनमा नोटिफ़िकेसन आउने र भाइब्रेट हुने भएकाले यसले पनि प्रोसेसिङ् बढाइ फोन तात्नमा मद्दत गरिरहेको हुन्छ तसर्थ अत्यावश्यक बाहेकका नोटोफ़िकेसनहरु बन्द गर्ने बानी बसाल्नुहोस्।

समय समयमा अपडेट तथा अप्टिमाइज गर्ने गर्नुस्।

कम्प्युटर जस्तै फोनमा पनि विभिन्न काल खण्डमा फरक फरक किसिमका अपडेट हरू आइरहेका हुन्छन् जुन विगतमा भए भन्दा राम्रो हुने भएकाले यस्ता अपडेट हरू गर्न आवश्यक छ जसले गर्दा प्रोसेसिङ्मा सहयोग पुगी तात्ने समस्या घटाउनमा मद्दत गर्दछ।

गर्मी बढे सँगै मानिस तथा फोन उच्च तापक्रममा हुने भएकाले पनि फोन तात्ने समस्या बढ्दो छ यही समस्याका कारण सर्च इन्जिनहरूमा How to cool down phone ? भन्ने प्रश्नको खोजी तीव्र रूपमा बढेकाले यी उपायहरू सुल्झाएका छौँ, यी उपायहरू अपनाएको खण्डमा छोटो समयमै राम्रो नतिजा पाउन सक्नुहुनेछ।

यो पनि पढ्नुहोस्

आईफोन उत्पादन बन्द, छटपटीमा प्रयोगकर्ताहरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?