Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

यसरी बुझ्नुहोस् स्थिर र गतिशिल वेबसाइटको अन्तर

यसरी बुझ्नुहोस् स्थिर र गतिशिल वेबसाइटको अन्तर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१५ भदाै, काठमाडाैँ । वेबसाइटमा वेब पृष्ठहरू, विभिन्न फोटो, भिडियो र अन्य मल्टिमिडिया सामग्रीहरू प्रदर्शन हुन्छ। यसलाई यूआरएल द्वारा पहुँच गर्न सकिन्छ। हरेक वेबसाइटको आफ्नै छुट्टै नाम / डोमेन नाम र IP ठेगाना हुन्छ।

वेबसाइटहरू विशेष गरेर दुई प्रकारका भेट्न सकिन्छ। स्थिर वा स्टाटिक वेबसाइटमा कुनै पनि देखाइने सामग्री परिवर्तन हुँदैन भने गतिशील वा डाइनामिक वेबसाइटमा भने त्यहाँ देखाइने सामग्रीहरू समय समयमा परिवर्तन भइरहन्छन्।

आज हामी यी दुई बिचका मुख्य अन्तरहरू बारे चर्चा गर्ने छौ।

स्थिर वा स्टाटिक वेबसाइट

प्राय जसो तपाइ हामीले इन्टरनेट खोल्दा भेटिने वेबसाइटहरू स्टाटिक नै हुन्छन्। यसलाई बनाउँदा HTML, CSS र JavaScript को प्रयोग गरिन्छ।

यसमा सुरुबाट नै देखाउन पर्ने जानकारी र सामग्रीहरू राखेर बनाइएको हुँदा यसलाई सर्भरले केही परिवर्तन गर्नु पर्दैन। यसले गर्दा यो एकदमै छिटो पनि काम गर्दछ।

यसमा कुनै डाटाबेसको पनि प्रयोग हुँदैन किनकि सबै डाटा यसलाई बनाउँदा नै पहिले नै राखिसकेको हुन्छ। यस्तो वेबसाइट बनाउँदा खर्चिलो हुँदैन किनकि यसमा सर्भरको कुनै काम नहुने हुँदा सर्भरको प्रोसेसिङको खर्च बच्छ।

तपाइले जति पटक यो वेबसाइट खोले पनि यसमा देखाउने सामग्री फेरिँदैन।

डाइनामिक वेबसाइट

यो यस्तो प्रकारको वेबसाइट हो जसमा देखाइने सामग्री बारम्बार परिवर्तन भइरहन्छ। यस्तो खालको वेबसाइटमा दुई भाग भेट्न सकिन्छ।

एउटा भाग हामी प्रयोगकर्ताले हेर्न सक्छौ भने अर्को भाग त्यो वेबसाइटको हकदार वा त्यसको जिम्मा लिएकोले हेर्न र त्यहाँको सामग्री परिवर्तन गर्न सक्दछ।

यसको सामग्री परिवर्तन गर्न कुनै विशेष कोडको ज्ञान हुनु आवश्यक छैन। यसको लागि त्यही दिइएको अप्सनहरुबाट परिवर्तन गर्न सकिन्छ।

जस्तै यदि तपाइले वर्ड प्रेस प्रयोग गर्नु हुन्छ भने त्यसमा युजरले त्यो वेबसाइट हेर्न सक्छ भने त्यो कम्पनीले त्यो वेबसाइटको ड्यासबोर्ड हेरेर आवश्यक फेरबदल गर्न सक्छ।

नयाँ सामग्री हाल्न केवल नयाँ पोस्ट वा पेजको अप्सनमा गए पुग्छ। नयाँ फोटो हाल्ने आफ्नै छुट्टै अप्सन हुन्छ।

यसको विशेषता

यस्तो वेबसाइटको लागि PHP जस्तो सर्भर भाषा आवश्यक पर्दछ। तपाइको वेबसाइटले सर्भरसँग मुख्य डाटा लेनदेन गर्दछ र आवश्यक जानकारी प्रयोगकर्तालाई देखाउँछ।  त्यसै गरी यसको सबै डाटा जम्मा गरेर राख्न डाटाबेसको आवश्यकता पर्दछ।

यस्तो वेबसाइटले प्रयोगकर्ताको आवश्यकता बुझेर त्यही अनुसारको जानकारी देखाउँछ। यहाँ तपाइको स्थान, आवश्यक सामान, खर्च रकमको अन्दाज अनुसार तपाईँलाई त्यही अनुसारको डाटा देखाउँछ।

गतिशिल वेबसाइट बनाउन खर्चिलो हुन्छ किनकि यसको लागि सर्भरसँगको प्रोसेसिङ सिस्टम र डाटाबेसको आवश्यकता पर्दछ।

फेसबुक पनि एउटा गतिशील वेबसाइट नै हो। यसमा तपाइले चाहेको समयमा आफ्नो तस्बिर फेर्न सक्नु हुन्छ। नयाँ पोस्ट राख्न तपाईँलाई कुनै कोड चाहिँदैन। यसले समय समयमा पोस्टहरू फेरिरहन्छ। हामीले अहिले हेर्ने कुरा अहिले एक छिनमा परिवर्तन भइसक्छ।

वर्ड प्रेस गतिशिल वेबसाइट बनाउने सबैभन्दा प्रचलित माध्यम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?