१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान भइ प्रेम बसेपछि शारिरिक सम्बन्ध राखेको फोटो तथा भिडियो साथीको म्यासेन्जरमा पठाउने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय अर्जुन खड्का रहेका छन्। उनलाई विद्युतीय कारोबार एेन २०६३ अन्तर्गतको कसूरमा
१३ पुस, एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्किने भएका छन्। मेटाले बिहीबार करीब २ वर्षको प्रतिबन्धपछि ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किने घोषणा गरेको हो। सोसल मिडिया जायन्टले ट्रम्पमाथिको प्रतिबन्ध केही हप्तामा फुकुवा हुने बताएता पनि निश्चित मिति भने तोकेको छैन। तत्कालिन राष्ट्रपति ट्रम्पले क्यापिटोलमा
२४ पुस, एजेन्सी। ट्वीटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा विश्वास र सुरक्षा टोलीमा थप कर्मचारी कटौती गरेको छ । ब्लुमबर्ग समाचारका अनुसार ट्वीटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ । एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा
२१ पुस, एजेन्सी। ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरू सहित २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न माग गरेको खुलासा गरेका छन् । उनले पत्रकार म्याट ताइबीद्वारा सार्वजनिक गरिएको ‘ट्विटर फाइलहरू’ को पछिल्लो चरण सेयर गर्दा सो खुलासा गरेका हुन् । ‘अमेरिकी सरकारी एजेन्सीले पत्रकार
२० पुस, काठमाडाैँ। गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा
२० पुस, एजेन्सी। ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो । एलोन मस्कको स्वामित्वमा रहेको कम्पनीले राजस्व बढाउन खोजेको छ । कम्पनीले संयुक्त राज्य अमेरिकामा “कारणमा आधारित विज्ञापनहरू“ को लागि आफ्नो विज्ञापन नीतिलाई
१६ पुस, काठमाडाैँ। टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी-प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू सामाजिक
१४ पुस, काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल लक भएको छ। ब्लु टिक ब्याजसहितको 'पीएमओ नेपाल' (PMO Nepal) नामको अकाउन्टमा अहिले लकको संकेत देखिएको छ। प्रधानमन्त्रीको आधिकारिक ट्वीटरमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रोफाइल र कभर फोटो भने राखिइसकेको छ। अब ट्विटर अनलक नभएसम्म उक्त अकाउन्टबाट नयाँ ट्वीट, रिट्वीट
१० पुस, एजेन्सी। फेसबुकको मालिक कम्पनी मेटाले बिना अनुमति डाटा बेचेको मुद्दा सल्टाउन ७२ करोड डलर तिर्ने भएको छ। राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकासँग जोडिएको डाटा चोरीको मुद्दामा मेटाले उक्त क्षतिपूर्ति तिर्ने भएको हो। लामो समयदेखि चलिरहेको विवादमा सामाजिक सञ्जाल कम्पनी मेटाले बेलायती फर्म लगायत तेस्रो पक्षहरूलाई फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत
६ पुस, एजेन्सी। एलन मस्कले ट्विटरको सीईओबाट राजिनामा दिने भएका छन्। प्रयोगकर्ताहरूमाझ गरिएको सर्वेक्षणले उनी सीईओबाट हट्नुपर्ने मत देखिएपछि उनले राजिनामा दिने भएका हुन्। मस्कले उनको स्थान लिनसक्ने व्यक्ति भेटिएपछि राजिनामा दिने बिबिसीमा उल्लेख गरिएको छ। सोमबार उनले गरेको ट्विटर सर्वेक्षणको रिपोर्ट अनुसार ५७.५ प्रतिशत व्यक्तिहरूले मस्क ट्विटरको सीईओबाट हट्नु