एजेन्सी। यदि तपाईको फोन हराए या चोरी भएमा अब सजिलै लक वा ट्रयाक गर्न सक्नुहुन्छ । फोन हराएमा वा चोरी भएमा अर्को डिभाइसमा हराएको फोनमा भएको गूगल अकाउन्ट लगइन गरेर सो फोनको लोकेसन पत्ता लगाउन, फोन लक गर्न र डेटा डिलिट गर्न सकिन्छ । त्यसको लागि यसो गनुहोस् :
-स्क्रिन लक राख्दा सधै पासकोड वा फिङ्गरप्रिन्ट अथेन्टिकेसन चयन गर्नुहोस् । तपाईं जुनसुकै समय गुगल अकाउन्टबाट एन्ड्रोइड डिभाइसमा साइन इन गर्नुहुन्छ, तब फाइण्ड माई डिभाइस स्वतस् टर्न अन भइरहेको हुन्छ । फाइन्ड माई डिभाइस सर्भिस प्रयोग गरेको खण्डमा हराएको मोबाइल डिभाइसलाई ट्रयाक गर्नुका साथै टाढै बसेरमा त्यसलाई लक गर्न र त्यसमा रहेका सबै कुराहरुलाई डिलिट गर्न सकिन्छ ।