९ चैत्र २०७९, बिहीबार

तपाईको आईफोनमा चार्ज टिक्दैन ? यसो गर्नुहोस्



एजेन्सी । तपाईको आईफोनको ब्याट्री चाडै सकिन्छ ? यदि त्यसो हो भने हामी तपाईलाई लामो समयसम्म चार्ज टिकाइराख्न उपाय बताउँछौ ।
नोटिफिकेसन कम गर्नुहोस्
जब तपाईमा फोनमा नोटिफिकेसन प्राप्त गर्नुहुन्छ । जसले ब्याट्री खपत गर्छ । यो व्यवस्थापन गरेर पनि तपाई ब्याट्रीको लाइफ बढाउन सक्नुहुन्छ । तपाईका लाहि कुन एपको नोटिफिकेसन महत्वपूर्ण छैन्, त्यो निर्णय गर्नुहोस् र त्यसको नोटिफिकेसन बन्द गर्नुहोस् ।
स्क्रीन ब्राइटनेसलाई म्यानेज गर्नुहोस्
ब्राइटनेस कम गर्न फेस आईडीको साथ आइफोनको टप दाँयाबाट तल स्वाइप गर्नुहोस् वा होम बटन छ भने तलबाट माथि स्वाइप गर्नुहोस् र ब्राइटनेस स्लाइडरलाई ड्रयाग डाउन गर्नुहोस् ।अटो ब्राइटनेस डिसेबल गर्नाले पनि ब्याट्री बचतमा मद्दत पुग्न सक्छ ।
डार्क मोड प्रयोग गर्नुहोस्
ओएलईडी डिस्प्ले भएको फोनका लागि डार्क मोडमा प्रयोग गर्नु ब्याट्री जोगाउने अर्को उपाय हो । डार्क मोड अन गर्न आईफोनमा सेटिङमा गएपछि त्यहाँ डिस्प्ले र ब्राइटनेसमा गएर डार्क मोडमा ट्याप गर्नुहोस् ।
कम पावर मोडमा प्रयोग गर्नुहोस्
मोबाइलको ब्याट्री लाइफ बचाउन यो फिचर एकदमै राम्रो छ । जब तपाई ‘लो पावर मोड’ प्रयोग गर्नुहुन्छ तब आईफोनका केही सुविधा चल्दैनन् ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः