नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गए संगै पेट्रोलियम सवारीहरू प्रतिकै रुचि घट्दै गएको र इलेक्ट्रिक सवारीहरू तर्फ धेरैको ध्यान खिचिएको पाइन्छ तर फित्तलो सरकारी संयन्त्र र इल्लेक्ट्रिक सवारी प्रतिको सरकारी वेवास्ताले गर्दा यो उधोगले गति लिन भने सकेको छैन।
महिना दिनमा ३ पटकसम्म मूल्य बढिरहँदा पनि बाध्य भएर उपभोक्ताहरु पेट्रोलको प्रयोग गर्न बाध्य छन्, जसको विरुद्दमा सडक आन्दोलनहरु पनि नभएका हैनन् हुँदा हुँदै पनि निगमको चरम लापरवाही र राजनैतिक अस्थिरताका कारण गुनासो सुनिदिने निकाय कुनै देखिंदैनन।
यस्तो परिस्थितिमा नेपालले पनि अब पेट्रोलियम पदार्थको निर्भरतालाई केहि हदसम्म कम गर्नकै लागि भए पनि इलेक्ट्रिक सवारी साधनहरुलाई प्रोत्साहन गर्नु एकदमै आवश्यक देखिन्छ तर सरकारी संयन्त्र ठिक उल्टो बाटोमा देखिन्छ, ईलेक्ट्रिक सवारीमा रहेको भद्दा कर र आविष्कारक हरु प्रतिको वेवास्ता यसका गतिला उदाहरण हुन्।
यसैक्रममा बिराटनगरका एक १९ वर्षीय युवक मौसम झा ले इलेक्ट्रिक बाईक एसेम्बल गरेका छन्। उनि मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ् मा डिप्लोमा स्तरमा सिभिल इञ्जिनियरिङ्ग अध्ययनरत छन्।
यसमा 3000 rpm भएको 1000w pmbldc मोटर र ip67 ग्रेडको वाटरप्रूफिङ छ। यसमा एक लिथियम फस्फेट ब्याट्री छ जुन सडक र लोडको आधारमा ६० कि.मी प्रति घन्टाको उच्च गति सहित १२० किमी भन्दा माथि चल्न सक्छ।
ब्याट्रीको आयु ९५% दक्षताको साथ लगभग ५ देखि ६ वर्ष छ र पुन: उत्पन्न ब्रेकिङको नयाँ सुविधा छ जसले ब्रेक लगाउँदा ब्याट्री चार्ज गर्दछ। यो ६० किमी/घन्टाको गतिमा चालक सहित २ जनालाई लिएर अगाडि जान सक्छ र ३० किमी प्रति घन्टाको गतिमा पछाडि जान सक्छ।
यसमा अगाडि, पछाडि र मोटर ब्रेक गरि ३ ब्रेक अवस्थित छन जसमा मोटर ब्रेकले भने मोटर संगको पावर काट्ने काम गर्ने उनको भनाई छ। उनका अनुसार उक्त बाईकको लागत करिब १ लाख २५ हजार छ र उक्त बाईक बाजारमा स्केल गर्न सक्दा १ लाखमै बनाउन सकिने छ। तर अहिले भने उनले कतै बाट सहयोग नपाएकोले स्केलिंगमा समस्या भएको टेक कागजका सम्वाददाता संग गुनासो गरेका छन्।