२३ जेष्ठ २०८०, मंगलवार

डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा



नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ ।

विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला केन्द्रीय बैंकले नेपालमा पनि प्रयोगमा ल्याउने बताएको हो ।

भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिल करेन्सी ल्याउने घोषणा गरेको थियो । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि यसबारे गत फाल्गुन देखि नै रास्ट्र बैंकले सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको थियो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिइएको थियो। समितिले प्रतिवेदन बुझाएपछि रास्ट्र बैंकले अवैध कारोबार भन्दै आएको भर्चुअल मुद्रा (डिजिटल करेन्सी) अब मान्यता दिएरै जारि गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकका ६७औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन लागेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

अघिल्लो क्रिप्टोकरेन्सी प्रतिबन्धमा भारतले लियो यू-टर्न !


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न