९ चैत्र २०७९, बिहीबार

चीनद्वारा एकै पटक तीन वटा स्याटेलाइट रकेटको सफल प्रक्षेपण



९ असार, एजेन्सी। चीनले तीन वटा  स्याटेलाइट रकेटहरू सफलतापूर्वक प्रक्षेपण गरेको छ। बिहीबार चीनले लोङ मार्च-2D क्यारियर रकेटहरू प्रक्षेपण गरेको हो।

बिहीबार बिहान १०ः २२ बजे सिचुवान प्रान्तको सिचाङस्थित स्याटेलाइट लन्च सेन्टरबाट ती रकेटहरू प्रक्षेपण गरिएका थिए।

प्रक्षेपण गरेको केही समयमा नै ती रकेटहरू पूर्व निर्धारित अर्बिटमा प्रवेश गरेका थिए ।

बिहीबार प्रक्षेपण गरिएका स्याटेलाइट रकेटहरू याओगान–३५ कै सदस्य भएको बताइएको छ। ती रकेटहरूले वैज्ञानिक प्रयोग, भाैगोलिक अवस्थाको सर्भे, कृषि उत्पादनको संभाव्यता अध्ययन र विपत्ति रोकथामबारे अध्ययन गर्न सहयोग गर्ने बताइएको छ।

चीनले याओगान–३५ प्रोजेक्टका तीन वटा स्याटेलाइटहरू गत वर्षको नोभेम्बर ६ तारिखमा प्रक्षेपण गरेको थियो।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः