९ चैत्र २०७९, बिहीबार

विन्डोज ८.१ का लागि टेक्निकल सपोर्ट र अपडेट बन्द गर्दै माइक्रोसफ्ट



११ असार, एजेन्सी। माइक्रोसफ्टले विन्डोज ८.१ अपरेटिङ सिस्टमका लागि सफ्टवेर अपडेट बन्द गर्ने घोषणा गरेको छ। २०२३ जनवरी १० देखि विन्डोज ८ का लागि सेक्युरेटी अपडेट र टेक्निकल सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको हो।

अहिले विन्डोज ११ भर्सन बजारमा आइसकेको छ। यसका कारण विन्डोज ८.१ का लागि अपडेट बन्द गर्ने माइक्रोसफ्टले घोषणा गरेको हो।
यसभन्दा अघि सबैभन्दा लोकप्रीय विन्डोज ८ का लागि पनि माइक्रोसफ्टले अपडेट तथा टेक्निकल सपोर्ट बन्द गरिसकेको छ।

माइक्रोसफ्टले जनवरी १० पछि पनि विन्डोजमा नै बस्ने प्रयोगकर्ताहरूले ठूलो चुनाैति सामना गर्न सक्ने चेतावनी पनि दिएको छ। पुराना अपरेटिङ सिस्टममा नै बस्ने प्रयोगकर्ताहरूले भाइरस अाक्रमणको सामना गर्नुपर्ने माइक्रोसफ्टले जानकारी दिएको छ।

माइक्रोसफ्टले सहज प्रयोग र नयाँ अनुभूतिका लागि विन्डोजका नयाँ भर्सनमा अपग्रेड हुन सल्लाह दिएको छ।

जनवरी १० देखि अपडेट बन्द गर्ने भएसँगै विश्वभरका मानिसहरू विन्डोज ८.१ ले काम नै नगर्ने भन्दै सशंकित भइरहेका छन्। तर, माइक्रोसफ्टले उक्त दिनदेखि विन्डोज ८.१ पूर्ण रूपमा बन्द नै गर्न लागेको भने होइन। जनवरी १० देखि विन्डोज ८.१ का लागि नयाँ सुरक्षा र सफ्टवेयर अपडेटहरू मात्रै बन्द गर्न लागेको हो।

जनवरी १० देखि विन्डोज ८.१ मा माइक्रोसफ्ट ३६५ एप्लिकेसन पनि सपोर्ट नगर्ने बताइएको छ। माइक्रोसफ्टको मोडर्न लाइफसाइकल पोलिसीका अनुसार ३६५ एप्लिकेसनको सुविधा पाउने प्रयोगकर्ताहरू नयाँ भर्सनमा अपडेट हुनुपर्नेछ।

जनवरी १० देखि विन्डोज ८.१ मा माइक्रोसफ्ट वर्ड, एक्सेल लगायत अन्य अत्यावश्यक प्रोग्रामहरू पनि नयाँ सुरक्षा प्रणाली र सफ्टवेयर अपडेटबाट बञ्चित हुनेछन्।

माइक्रोसफ्टले २०१६ जनवरी १२ देखि नै विन्डोज ८ लाई टेक्निकल सपोर्ट, सुरक्षा प्रणाली र सफ्टवेयर अपडेट दिन बन्द गरिसकेको छ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः