१२ मंसिर २०७९, सोमबार

Logo

एक पटक चार्ज गर्दा १००० किलोमिटरसम्म कार कुदाउन सकिने शक्तिशाली व्याट्री निर्माण



१२ असार, एजेन्सी । चीनमा विद्युतीय सवारीका लागि बन्ने व्याट्रीमा ठूलो सफलता मिलेको छ। एक पटक पूर्ण रूपमा चार्ज गर्दा १००० किलोमिटरसम्मको यात्रा गर्न सकिने क्षमताको व्याट्रीको परीक्षण सफल भएको सिजिटिएनमा उल्लेख गरिएको छ।

चीनको कम्पनीले बिहीबार परीक्षण गरेर ७२ प्रतिशत प्रभावकारीता सहित प्रतिघण्टा २५५ वाटसम्मको ऊर्जा घनत्व भएको शक्तिशाली व्याट्री सार्वजनिक गरेको हो।

चीनको पाैराणिक वर्णनमा आधारित जीवको नाम दिएर उक्त ब्याट्रीलाई Qilin भनिएको छ। यस व्याट्रीको निर्माता कम्पनी कन्टेम्पोररी एम्पिरेक्स कम्पनी लिमिटेड (सिएटिएल)ले २०२३ देखि द्रूत रूपमा ब्याट्री उत्पादन गर्ने बताएको छ।

चीनमा यही कम्पनीले अधिकांश विद्युतीय सवारीका लागि lithium-ion ब्याट्री उत्पादन गरिरहेको छ।

सन् २०१९ मा सिएटिएलले विश्वकै पहिलो मोड्युल-लेु व्याट्री प्याक सार्वजनिक गरेको थियो।

उक्त व्याट्रीले विद्युतीय कार निर्माणमा विश्वकै अग्रस्थानमा रहेको टेस्लाद्वारा निर्मित व्याट्रीको भन्दा तीन गुणा बढी शक्ति उत्पादन गर्ने जनाइएको छ।

सिएटिएलद्वारा निर्मित यो व्याट्री फास्ट चार्जेवल, सुरक्षित, लामो समयसम्म टिकाउ हुने र उच्चस्तरको परिणाम दिने भएको कम्पनीले बताएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन