२० जेष्ठ २०८०, शनिबार

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पाए फेसबुकमा २ करोड तलबको जागिर



१२ असार, एजेन्सी । भारतको एक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले फेसबुकमा १ करोड ८ लाख भारतीय रूपैयाँको जागिर पाएका छन्। भारतको जदापुर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले वार्षिक करीब २ करोड नेपाली रूपैयाँको जागिर पाएका हुन्।

यो जागिर पाउनेमा उक्त विश्वविद्यालयमा कम्प्युटर साइन्स एण्ड एन्जिनियरिङको चाैथो वर्षमा अध्ययनरत विद्यार्थी विकास मण्डल रहेका छन्।

अब उनी सेप्टेम्बरमा कामका लागि लण्डन जाने भएका छन्। भारतको यस विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू कम्प्युटर साइन्स एण्ड एन्जिनियरिङमा उत्कृष्ट हुने गरेका छन्।

मण्डलले गुगल र अमेजनमा पनि जागिरको अवसर पाएका थिए। तर, राम्रो सेवा सुविधाका कारण उनले फेसबुक रोजेको बताएका छन्।

मण्डल खेतिकिसानी गर्ने सामान्य परिवारका सन्तान हुन्। उनको सफलताले उनको परिवार हर्षित भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा