१९ जेष्ठ २०८०, शुक्रबार

जियोबाट मुकेश अम्बानीले दिए राजिनामा, उनकै छोरा सिइओ नियुक्त



१५ असार, एजेन्सी । भारतीय धनाड्य मुकेश अम्बानीले टेलिकम ग्रुपको बोर्डबाट राजिनामा दिएका छन्। उनले रिलायन्स जियोको निर्देशकबाट राजिनामा दिएका हुन्।

सोमबार उनले दिएको राजिनामा स्वीकृत भएसँगै उनका छोरा आकाश अम्बानी जियोको सिइओमा नियुक्त भएका छन्। अब उनले मुकेश अम्बानीले नयाँ उचाइ दिएको कम्युनिकेशन कम्पनीको नेतृत्व गर्ने भएका छन्।

त्यस्तै, पंकज मोहन पवारले जियो निर्देशकको भूमिका सम्हाल्नेछन्। त्यसैगरी, रमिन्द्र सिंह गुजरल र केवी चाैधरी स्वतन्त्र निर्देशकमा नियुक्त भएका छन्।

२०२१ मा नै मुकेश अम्बानीले उनका छोराहरूले व्यवसायमा ठूलो जिम्मेवारी लिइरहेको र शक्ति बाँडफाट गर्ने बताएका थिए। उनले अाफ्ना छोराहरूले पनि आँफु समान काम गर्ने र देशको अर्थतन्त्रमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले